Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कृषिको आधुनिकीकरणबारे छलफल गर्न काठमाडौंमा सम्मेलन शुरु

Thursday, April 7, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं। चैत्र २४, स्मार्ट अक्षर संम्वाददाताः

नेपालमा कृषिको आधुनिकीकरणबारे छलफल गर्न काठमाडौंमा सम्मेलन शुरू भएको छ। कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ तीन दिने सम्मेलन शुरू भएको हो।

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा बुधबारदेखि शुरू भएको सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता छ।

Order Cake Order Cake Order Cake

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा संघ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।

तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ। यस्तै छिमेकी भारतमा कृषिमा दिइने अनुदानका बारेमा पनि अनुभव आदानप्रदान हुनेछ।

कार्यक्रमका दौरान विभिन्न एक दर्जन बढी विषयमा सामूहिक छलफल हुनेछ। गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्त्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्त्वका बारेमा विषय विज्ञबाट छलफल हुनेछ।

यस्तै रासायनिक मलको अन्तर्राष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, भारतको अनुदान प्रणालीका सम्बन्धमा अनुभव आदानप्रदान, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहत् छलफल हुने कर्पोरेसनले जनाएको छ।

नेपाल र भारतको भौगोलिक अवस्था करिब एकै प्रकारको रहेका कारण दुवै देशका वैज्ञानिकले एक अर्काका अनुभव आदानप्रदान गरेर किसानले अधिकतम लाभ लिन सक्ने कर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए। नेपालको कृषि क्षेत्रको सुधार तथा गुणस्तरीय मलखाद, उन्नत बीउबिजन र औजार उचित प्रयोग गरी गरेर कृषि उत्पादन बढाउन कर्पोरेसन लागिपरेको छ।

नेपाल सरकारले अनुदानको रासायनिक मलको अयात र बिक्री वितरण गर्ने जिम्मेवारी कर्पोरेसनलाई दिएको छ । कृषिको आधुनिकीकरणसँगै कृषि उत्पादन बढ्ने, किसानको आयस्तरमा वृद्धि हुने, माटोको गुणस्तरअनुसार विभिन्न मल, बीउ र औजारको प्रयोग गरी उत्पादन बढ्ने सरकारको अपेक्षा छ । सम्मेलनका क्रममा प्रस्तुत हुने दस्तावेज, छलफलबाट निस्कने निष्कर्ष तथा सुझावले नेपालको कृषि क्षेत्रको रूपान्तरणमा सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए।

उद्घाटन सत्रमा कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले नेपाल र भारतका सरोकारवाला सहभागी यस गोष्ठीले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

Comments
Share

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki