Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

हलमा दर्शक तान्न बलिउड र दक्षिण भारतीय चलचित्र नै चाहिन्छ?

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः

करिब दुई वर्षदेखि सिनेमा हल बन्द थिए । जब हिन्दी चलचित्र ‘सूर्यवंशी’ आयो, हल भरिभराउ भए । त्यसपछि थुप्रै नेपाली चलचित्र रिलिज भए । तर, तिनले दर्शकलाई हलसम्म डोर्‍याउन सकेनन् । पछिल्लो समय यस्तो लाग्छ, हलमा दर्शक तान्न बलिउड र दक्षिण भारतीय चलचित्र नै चाहिन्छ । ‘पुष्पा’ आयो, दर्शक हलमा पुगे । ‘आरआरआर’ आयो, अहिले दर्शक हलमा छन् ।
नेपाली हलमा दर्शक खचाखच हुन हिन्दी सिनेमा नै आउनुपर्ने हो ? “होइन ।” जवाफमा सिनेमा हल सञ्चालक तथा वितरक नरेन्द्र महर्जन भन्छन् ।

“बलिउड, साउथ, नेपाली अथवा इंग्लिस सिनेमा भन्ने हुँदैन । हलमा राम्रो सिनेमा चल्ने हो,” उनी भन्छन्, “कुन भाषा र कहाँको सिनेमा भन्ने कुराले अर्थ राख्दैन । मात्रै राम्रो सिनेमा हुनुपर्छ ।”

Order Cake Order Cake Order Cake

नेपाली सिनेमा पनि राम्रो भयो भने चल्ने उनको विश्वास छ । “नेपाली भन्दैमा नचल्ने भन्ने हुँदैन । म यस्तो गीत गाउँछु चलेकै हो । ए मेरो हजुर चल्छ नै । प्रेमगीत चल्छ । यसको अर्थ दर्शकले नोटिस गरेको सिनेमा चल्छ,” निर्माता तथा वितरक नरेन्द्र भन्छन्, “भाषा र भूगोल सिनेमाको अवरोध होइन । हिन्दीको बच्चन पाण्डे चलेन । साउथका पनि थुप्रै सिनेमा चलेका छैनन् । यसले राम्रा सिनेमा मात्रै चल्छन् भन्ने पुष्टि गर्छ ।”

हिन्दी सिनेमालाई रातो कार्पेट बिछ्याइदिने तर वितरकले नेपाली सिनेमालाई कर्के आँखा लगाउने गरेको निर्माताहरूले आरोप लगाउँदै आएका छन् । नरेन्द्र भने चलचित्र कस्तो छ, त्यसकै आधारमा सिनेमाले शो पाउने बताउँछन् । दर्शकले प्रतीक्षा गरेको चलचित्रले मात्रै शो पाउने भन्दै उनी दर्शकले नोटिस नै नगरेको चलचित्रले शो नपाउने स्पष्ट पार्छन् । सिनेमा आफैँले कति शो कहाँ पाउने निर्धारण गर्ने उनको भनाइ छ । यसमा सिनेमाको क्वालिटीको भूमिका हुने उनको जिकिर छ ।

सिनेमा वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ ‘मेरिट’का आधारमा चलचित्रले हलमा शो पाउने बताउँछन् । जुन सिनेमामा दर्शकको रुचि जति छ, त्यसकै आधारमा प्रदर्शकले शो उपलब्ध गराउने उनी सुनाउँछन् ।

“योपटक ए मेरो हजुर–४ र केजीएफ–२ एकैपटक आउँदा पक्कै पनि शो बाँडिन्छ । यस्तो अवस्थामा ए मेरो हजुर र केजीएफमध्ये कुनै एकले एकलौटी शो पाउनुपर्छ म भन्दिनँ,” प्रचण्डमान भन्छन्, “अघिल्लोपटक ए मेरो हजुर पहिलो हप्ता कति दर्शकले हेरेका थिए, एक लाख दर्शकले हेरेका थिए भने योपटक पनि कम्तीमा एक लाख दर्शकले पहिलो हप्तामा हेर्ने शो प्रदर्शकले उपलब्ध गराउनुपर्छ ।”

दोस्रो हप्तादेखि चलचित्र आफैँले आफ्नो कोर्ष तय गर्ने र कति शो थप्ने वा घटाउने चलचित्र स्वयंले निर्धारण गर्ने उनी बताउँछन् । हिन्दी सिनेमाले मात्रै बिजनेस गरेको तर नेपाली चलचित्रले नगरेको भन्नेमा आफू सहमत नरहेको उनको भनाइ छ । पोस्ट कोभिड थुप्रै हिन्दी सिनेमा आए पनि एकाधले मात्रै बक्सअफिस कलेक्सन राम्रो गरेको तथ्य केलाउनुपर्नेमा उनको जोड छ ।

“मैले नै योबीचमा थुप्रै हिन्दी चलचित्र ल्याएको छु । अपेक्षा गरेका चलचित्रले नै निकै कम बिजनेस गरेका छन्,” प्रचण्डमान भन्छन्, “दर्शकले मन पराउने अपेक्षा गरिएका चलचित्र नै नचलेका तथ्य बिर्सिनु हुन्न ।” सलमान खानलगायत बलिउड स्टारका चलचित्र पनि फ्लप भएको भन्दै राम्रा चलचित्र मात्रै चल्ने उनी बताउँछन् ।

पोस्ट कोभिड अपेक्षा गरिएका नेपाली चलचित्र नै नआएको उनले उल्लेख गरे । मास अपिलिङ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले अपेक्षित दर्शक पाएको उनी स्मरण गर्छन् ।

अपेक्षा गरिएका ‘पानी फोटो’, ‘चिसो मान्छे’, ‘कबड्डी–४’, ‘प्रेम गीत–३’, ‘ए मेरो हजुर–४’ लगायत नेपाली चलचित्र नै प्रदर्शनमा आउन बाँकी रहेको उनी बताउँछन् । अहिलेसम्म कोभिड–१९ पछि रिलिज भएका चलचित्र कति अपेक्षा नगरिएका र कतिले पर्याप्त र पब्लिसिटी नै नगरेको उनी सुनाउँछन् ।

मास अपिल गर्ने, अघिल्ला सिरिजहरूले पनि राम्रो कलेक्सन गरेको चलचित्र ‘ए मेरो हजुर–४’ ले योपटक पनि राम्रै बजार लिने उनको विश्वास छ । अनमोल केसीको स्टारडम र युवामा रहेको उनको क्रेजका कारण पनि यो चलचित्रले दर्शक तान्नेमा उनी आशावादी छन् ।

निर्देशक विनोद पौडेल बलिउडको सूत्र अवलम्बन गरेकै कारण नेपाली चलचित्र नेपालमै छायामा परेको बताउँछन् । करिब–करिब बलिउडकै नक्कल गरेर कमजोर सिनेमा बनेकै कारण नेपाली दर्शकको रोजाइमा नेपाली चलचित्र नरहेको उनी बताउँछन् । आफ्नै फ्लेबर बोकेर नआएसम्म नेपाली चलचित्रले अपेक्षित दर्शक नपाउनेमा सचेत हुनुपर्नेमा विनोदको जोड छ ।

“नेपाली चलचित्र बलिउडकै सूत्रमा बनिरहेका छन् । बलिउडको कपी गरेर बनाइएका कमजोर सिनेमा कसले हेर्छ ?”, उनको प्रश्न छ, “सक्कली आरआरआर हेरेको मान्छेले त्यसको एकछेउ पनि मिट नगर्ने नेपाली आरआरआर कसले हेर्छ  ? न म हेर्छु न त मेरो परिवार नै हेर्छ । म र मेरो परिवारजस्तै अरूको पनि विचार हुन्छ होला । त्यही नै हलमा देखिरहेको छ ।”

विनोद बलिउड र साउथको फिल्म इन्डष्ट्रिमा बसेर नेपाली चलचित्रले नेपालमा अस्तित्व खोजिरहेको आफूलाई भान हुने गरेको बताउँछन् । “मलाई आजकाल यस्तो लाग्छ, हामी बलिउड र साउथमा बसेर नेपाली चलचित्रको अस्तित्त्व खोजिरहेका छौँ,” उनी भन्छन्, “नेपालमा बसेर हामी ठूलठूला कुरा गरिरहेका छौँ । बलिउड र हलिउडका जस्ता सिनेमा बनाउने भनेर गफ दिइहेका छौँ । वास्तवमा बलिउड र हलिउडका सिनेमा कसरी बन्छन्, त्यसको सामान्य प्रोसेससमेत हामीलाई थाहा छैन । अनि, त्यस्तै सिनेमा भनेर बलिउडको डुप्लिकेट चलचित्र बनाउँछौँ । सक्कली कन्टेन्ट हेर्न छोडेर नक्कली कन्टेन्ट कसले हेरिदिन्छ ?”

नेपाली चलचित्र शून्य अवस्थामा रहेको उनको भनाइ छ । आफ्नो अस्तित्व जोगाउँदै बलियो उपस्थितिका लागि नेपाली सिनेमाको आफ्नै ल्याङ्ग्वेज स्थापित हुनुपर्ने निर्देशक विनोदको धारणा छ ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki