काठमाडौं,चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः
हाेटलमा काैडा खेलिरहेकाे अवस्थामा ८ लाख रुपैयाँ भन्दा बढी नगद रकमसहित १३ जनालाई भक्तपुरबाट पक्राउ गरेकाे जनाएकाे छ ।
भक्तपुरकाे चाँगुनारायण ६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे ।
कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
उनीहरुकाे साथबाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको जनाइएकाे छ ।
होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र काैडासहित पक्राउ गरेकाे हाे ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







