![]()
स्मार्ट अक्षर संम्वाददाता
चैत्र २२, काठमाण्डाैँ –
नायिका प्रियंका कार्कीको तस्बिर जोडिएर नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले घटनाको अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले कार्कीलाई कार्यालयमा नै बोलाएर सोधपुछ गरेको थियो ।
कार्कीले भने आफ्नो तस्बिर दुरुपयोग भएको प्रहरीसँग बताएकी थिइन् । ब्यूरोले तस्बिर दुरुपयोग भए नभएकोबारे फेसबुकलाई पत्र लेखेको छ । पत्रको जवाफ आइनसकेको र घटनाबारे अनुसन्धान जारी रहेको सीआईबी प्रमुख एआईजी धिरजप्रताप सिंहले बताए ।
उनले भने,“हामीले सामाजिक सञ्जालको कार्यालयमा पत्र पठाएका छौं । जवाफ आएको छैन । त्यसैले अहिले नै यस्तै हो भनेर भन्न सकिने अवस्था छैन ।”
कार्कीले भने आफ्नो तस्बिर दुरुपयोग भएको भन्दै फेसबुकविरुद्ध नै मुद्दा प्रक्रियामा जाने तयारी गरेको जानकारी गराएकी थिइन् ।







