कसैलाई सही गर्न मन नभए सही नगरी जान सकिने: प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं,चैत्र २२, स्मार्ट अक्षर संम्वाददाताः

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न मंगलबार बोलाइएको बैठकमा विवाद भएको छ । निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै गर्न बोलाइएको भन्दै विरोध जनाएका हुन् ।
“६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भयो । साना दललाई थाहा छैन । अहिले हस्ताक्षर मात्रै गर्न भनियो,” छलफलमा सहभागी एक नेताले भने ।
छलफलका क्रममा विवाद भएपछि प्रमुुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन गर्ने मिति तोक्नुअघि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने चलन भएको बताए । कसैलाई सही गर्न मन नभए सही नगरी जान सकिने उनको भनाइ छ ।







