नेपाल राष्ट्र बैङ्कले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न प्रतितपत्र(एलसी) नखोल्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ ।
बढ्दो आयातका कारण अर्थतन्त्र सङ्कटमा परेको भन्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई प्रतितपत्र(एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको हो ।सोमबार राष्ट्र बैङ्कमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणनीति राष्ट्र बैङ्कले अघि सारेको एक अधिकारीले बताए ।
अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले विलासिताका वस्तुहरू आयातकाे एलसी रोक्न भनिएको हो ।







