काठमाडौं,चैत्र २१, स्मार्ट अक्षर संम्वाददाताः
गएको शुक्रबार थाइल्यान्डबाट उड्ने बेलामा धावन मार्गमा टायर पन्चर भएको नेपाल वायुसेवा निगमको आर ए ४०२ विमान अझै नेपाल फर्किएको छैन । नेपाल एयरलाइन्सको उक्त जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट बचेको थियो । काठमाडौंका लागि उड्न तयार भएको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका थिए ।
उक्त विमानका यात्रुहरू सोमबार मात्रै स्वदेश फर्किएका छन् । “उक्त विमान मर्मत हुँदैछ । सम्भवत: आजै आउनेछ नभए भोलिसम्म आउनेछ,” निगम स्रोतले भन्यो ।
उक्त विमानका यात्रुहरु आज बिहान गएको वाईडबडी विमानबाट फर्किसकेका छन् ,” ती अधिकारीले भने ।
निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले भने मर्मत पछि उक्त विमान आज वा भोलि काठमाडौं आउने दाबी गरे ।
निगम अधिकारीहरूकाअनुसार बैंकक उडान दैनिक नभएकाले पनि उक्त विमानका यात्रुहरू आज मात्रै आएका हुन् ।







