Wednesday, August 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सात दिन भित्र अनुसन्धान सकिने, शैक्षिक बातावरण सामान्य बन्दै

Monday, April 4, 2022
993
VIEWS
Website Development Website Development Website Development

मोरङ,चैत्र २१,

लेटाङ घटनाको सम्पूर्ण अनुसन्धान अबको सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पदभार ग्रहण गर्न आएका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सबै तथ्य संकलन गरी अनुसन्धान पूरा गर्न अब बढीमा एक साता लाग्ने बताए ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ६३ जनाको म्याद थप भई प्रहरी हिरासतमा छन् । प्रहरी उपरीक्षक कोइरालाले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप भएको बताएका छन् । बाँकी ४३ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये १० जना विद्यार्थी छन् । कोइरालाले भने, “अब बढीमा सात दिनभित्र सबै अनुसन्धान पूरा भएर मुद्दा अघि बढ्छ ।”

Order Cake Order Cake Order Cake

शिक्षकले छात्रामाथि यौनजन्य दुरव्यवहार गरेको आरोपपछि चैत ६ गते मोरङको लेटाङस्थित शिक्षा विकास माध्यामिक विद्यालयमा हिंसा भड्किएको थियो । घटनामा एकजना महिला प्रहरीको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले लेटाङ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

घटना साम्य भएसँगै शिक्षा विकास माविमा पठन पाठनसमेत सुरु भएको छ । विद्यालयका प्रधानाध्यपक लक्ष्मीप्रसाद मिश्रले विद्यार्थी न्यून संख्यामा मात्र विद्यालय आएको जानकारी दिए । विद्यालयमा कूल ७४१ जना विद्यार्थी अध्ययनरत छन् ।
मिश्रले भने, “घटनाको मनोवैज्ञानिक त्रासका कारण धेरै विद्यार्थी विद्यालय आउन डराइरहेका छन् ।” उनले विद्यालयको अवस्था विस्तारै सामान्य बन्दै जाने अपेक्षा रहेको बताए ।

लेटाङ नगरपालिकाका मेयर शंकर राईले अवस्था सामान्य भएसँगै विद्यालय पूवर्वत रुपमा खोलिएको जानकारी दिएका छन् । उनका अनुसार कक्षा सुरु गरिएको छ । विद्यालय खुलेपछि त्रासदीपूर्ण घटनालाई बिर्सिएर विद्यार्थी विद्यालय आउन सुरु गरेका छन् ।

वार्षिक परीक्षा नजिकिएको र विद्यालय बन्द हुँदा पठनपाठनसमेत प्रभावित बनेको थियो । शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई होलीका दिन यौनजन्य दुरव्यवहार गरेको आरोप पछि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए । मेयर राईले विद्यार्थीमा त्रासको अवस्था रहन नदिन प्रयास गरिएको बताउँदै भने, “हामीले विद्यार्थी र शिक्षकका लागि मनोपरामर्श कक्षा संचालन गर्ने तयारी गरेका छौं ।” घटनापछि स्थानीय रुपमा गठित पाँच सदस्यीय समितिले विद्यालयमा तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरेको छ ।

त्रासका कारण मनोवैज्ञानिक असर देखिएकी कक्षा १० की एक छात्रालाई अस्पताल भर्ना गरेर उपचार गरिएको मेयर राईले जानकारी दिए । घटनामा घाइते विद्यार्थीको स्वास्थ्य अवस्थासमेत सुधार भइसकेको बताइएको छ । हिंसा भड्किएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार भएको थियो । झडपमा २९ प्रहरी र केही शिक्षक घाइते भएका थिए ।

Comments
Share

Related Posts

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च
स्थानीय

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ
स्थानीय

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एकजनाको मृत्यु
स्थानीय

हुरीले ढालेको रुखले किच्दा एकजनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा  लेक लागेर चारजनाको मृत्यु
स्थानीय

यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर चारजनाको मृत्यु

कार्यालय परिसर सफा नराखे कारबाही गर्ने महानगरपालिकाकाे चेतावनी
स्थानीय

काठमाडौँमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी
पर्यटन

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki