प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गरेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्। प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले गर्नेछन्।
नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति एवं उपसभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेका हुन् ।नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।







