Monday, August 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

हुम्लाको मासपुर, जहाँका मतदाताले भोट हाल्न एक दिन हिँड्नुपर्छ

Friday, April 1, 2022
993
VIEWS
Website Development Website Development Website Development

स्मार्ट अक्षर संम्वाददाता

चैत्र १६,  हुम्ला-

Order Cake Order Cake Order Cake

हुम्लाको ताजाकोट गाउँपालिका–३ स्थित मासपुर गाउँका स्थानीयलाई चुनावमा भोट हाल्न दिनभर पैदल हिँडेर मतदान केन्द्र पुग्नुपर्ने बाध्यता छ। चुनावमा भोट हाल्न मासपुरबाट एकदिन पैदल हिँडेर ताजाकोट गाउँपालिका केन्द्र पुग्नुपर्छ।

भोट हाल्न मतदान केन्द्र ताजाकोट पुग्न एक दिन लाग्ने मासपुरका ९२ वर्षीय दलवीर रोकायाले गुनासो गरे। ‘मतदानका तीन दिन समय छुट्याउनुपर्छ’ उनले भने, ‘जान आउन गरेर दुई दिन लाग्छ, एक दिन भोट हाल्नुपर्यो ।’

गाउँकै बनादेव आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको भए मतदान गर्न सहज हुने मासपुरकी कौशिला बुढाले बताइन्। ‘गाउँका सबैले भोट हाल्न पाउदैनौँ, तीन दिनको समय खर्च हुन्छ। गाईवस्तु हेर्नुपर्ने र घर कुर्नुपर्ने भएकाले एक घरको एकजना मात्रै भोट हाल्न जाने गरेका छौँ,’ उनले भनिन्।

उक्त गाउँमा ६७ मतदाता रहेको उनले बताइन्। ‘भोट हाल्ने समय नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘भोट हाल्न दुःख मात्रै गर्नुपर्छ। जितेपछि नेताहरू कहिल्यै फर्कँदैनन्।’

२०७४ सालको तीनवटै तहको निर्वाचनमा मासपुरवासीमध्ये १७ जनाले मात्र मतदान गरेका थिए। आफु निर्वाचित भएदेखि नै मासपुरमा मतदान केन्द्र स्थापनाका लागि पहल गरेको तर, यस पटक सफल नभएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।

‘२४ घरधुरीका ६७ जना मतदातामध्ये एक घरबाट एक जना मात्र मतदान गर्न आउने गरेका छन्।’ उनले भने,‘वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिक लामो दूरी पैडल हिडेर पार गर्न नसक्ने हुनाले मतदाधिकारबाट बञ्चिन रहने गरेको छन्।’

निर्वाचन समय अझै बाँकी रहेकाले केन्द्र स्थापनाका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र आयोगसँग माग गरिएको त्यो पनि सुनुवाई नभएको स्थानीय हरि बुढाले बताए। ‘मतदाता संख्यालाई मात्र ध्यान नदिएर भौगोलिक रुपमा विकट बस्तीको बाध्यतालाई पनि ध्यान दिनुपर्छ।’ उनले भने,‘हाम्रो माग कहिले पूरा भएको छैन।’

मासपुरको समस्यालाई आयोगलाई जानकारी गराउँदा गतवर्ष तय भएको मतदान केन्द्रलाई यथावत राख्ने र नयाँ नथपिने भन्ने भएकाले यस वर्ष त्यहाँ मतदान केन्द्र स्थापना नगरिएको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए।
हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन्।

Comments
Share

Related Posts

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च
स्थानीय

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ
स्थानीय

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एकजनाको मृत्यु
स्थानीय

हुरीले ढालेको रुखले किच्दा एकजनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा  लेक लागेर चारजनाको मृत्यु
स्थानीय

यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर चारजनाको मृत्यु

कार्यालय परिसर सफा नराखे कारबाही गर्ने महानगरपालिकाकाे चेतावनी
स्थानीय

काठमाडौँमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी
पर्यटन

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki