काठमाडौं,चैत्र १८, स्मार्ट अक्षर संम्वाददाताः
प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्। ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएका हुन्। पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। प्रधानमन्त्रीको विदाइका लागि सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पार्टीका प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी डा. आरजु राणा देउवा पनि सहभागी छन्। यस्तै भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्काकासाथै अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी छन्।







