काठमाडौं,चैत्र १७, स्मार्ट अक्षर संम्वाददाताः
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गरेको छ। यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ ।
बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको छ ।







