![]()
स्मार्ट अक्षर संम्वाददाता
चैत्र १६, तेह्रथुम-
स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगर प्रमुख (मेयर) ले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
नगर प्रमुख सञ्जयकुमार तुम्वाहाङ्फेले को१झ ५८३ नम्बरको सरकारी गाडी प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई, लेखा अधिकृत गोपालकृष्ण लिम्बू र इन्जिनीयर उमेश शाहलाई फिर्ता गरेका हुन् ।
स्थानीय निर्वाचन–२०७९ को आचारसंहितालाई मध्यनजर गर्दै गाडी फिर्ता गरेको मेयर तुम्वाहाङ्फेले बताए ।
चुनावको समयमा सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको उनले बताए । ‘नगरका कामभन्दा बढी अब चुनावी अभियानमा खट्नुपर्छ,’ उनले भने, ‘जनताले तिरेको करको दुरुपयोग नहोस् भन्ने लागेर फिर्ता गरेको हुँ ।’ अब चुनावभर भाडाको गाडी प्रयोग गर्ने उनले बताए ।







