![]()
स्मार्ट अक्षर संम्वाददाता
चैत्र १६, भक्तपुर-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न सकिँदैन भन्ने गठबन्धनको निष्कर्ष सही रहेको बताएका छन् ।
चुनावमा लोभीपापीको गठबन्धन गर्न सजिलो नभएको उनले टिप्पणी गरे । भक्तपुरको सूर्यविनायकमा तरकारी बजारको बुधवार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन् ।
‘एउटा तराजुमा एकातर्फ १/१ किलाका ढक र अर्कोतर्फ क्विन्टलको राख्दा कुन बढी हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक हो, ५ वटा १ किलाको राख्दैमा के फरक पर्छ ?’ ओलीले भने, ‘एक्लै नेकपा एमालेसँग लड्छु भन्ने कुरा सोच्दै नसोचे हुन्छ । गठबन्धन नगरे एमालेसँग लड्न सकिँदैन भन्ने बुझाइ ठीक छ । हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ ।’
ओलीले चुनावी तालमेलको तयारी गरेको गठबन्धनलाई लोभीपापीको गठबन्धन भन्दै उनीहरूलाई सजिलो नभएको बताए । ‘गठबन्धनले एकै दिनमा उम्मेदवारी दर्ता गर्न सक्दैनन् भनेर मनोनयका लागि २ दिनको समय निर्धारण गरिएको छ,’ ओलीले भने ।







