अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेका छन्। राष्ट्रपति वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका डीन थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ।
उनी एसियाली मामिलाका विज्ञ समेत हुन्। उनले कोलकोत्तामा वाणिज्य दूत भएर काम गरिसकेका छन्। थम्पसन अनुभवी अमेरिकी कुटनीतिज्ञ हुन्। उनी रक्षा मामिलाका जानकार हुन्।
अमेरिकी सिनेटले अनुमोदन गरेपछि थम्पसन नेपालको राजदूतको कार्यभार सम्हाल्न आउने छन्। नेपालका लागि अमेरिकीको राजदूत र्याण्डी बेरीको गत वर्षनै कार्यकाल सकिएपनि एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो।







