काठमाडौं,चैत्र १०-स्मार्ट अक्षर संम्वाददाताः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत भएका छन् ।
गत फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ को संयोजक मनोनयन गर्नुभएको छ‚’ पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।








