Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

स्थानीय तह निर्वाचनको संघारमा वाम एकताको बहस

Tuesday, March 22, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं,चैत्र ८, स्मार्ट अक्षर संम्वाददाताः वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो ।
२०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्राप्त भयो ।

यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ । तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ ।

मंगलबार विराटनगरमा नेता डा. शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए । ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् ।

Order Cake Order Cake Order Cake

यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् । आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए । मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?

उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो । हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् । ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् ।

यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ । वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले(माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’

स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् ।उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी । महामन्त्री गगनकुमार थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् ।

विश्लेषक भुर्तेल गठबन्धनविरोधी कांग्रेस नेताहरूको अभिव्यक्तिले पनि दुई दल र एमालेसँगै अन्य साना वाम घटकहरूबीच एकता हुने सक्ने सम्भावना देख्छन् । र, यहीबेला नेता भुसालले एकताको बहस छेडेको हुन सक्छ ।

वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् ।
समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर, उनको अभियान प्रभावकारी भने छैन ।

गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो । त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki