काठमाडौं,चैत्र ८, स्मार्ट अक्षर संम्वाददाताः नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताउनु भएकाे छ ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम पुग्नुभएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताउनु भएकाे हाे। लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।
अर्को फरक प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने संकेत गर्नुभएको छ ।







