Wednesday, May 6, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कोरोनाले खुम्च्याएको रङ्गमञ्चको पर्दा खुल्दै

Monday, March 21, 2022
993
VIEWS
Website Development Website Development Website Development

कोरोना भाइरस महामारीका कारण अरु क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि लामो समयसम्म खुम्चियो । पहिलोदेखि तेस्रो लहरसम्म आइपुग्दा यो क्षेत्र निभ्नै लागेको बत्ती जस्तै धिपधप अवस्थासम्म पुग्यो । न झ्याप्पै निभ्यो, न उज्यालो दिने गरी बल्नै सक्याे । तर कोरोनाको तेस्रो लहरपछि भने रङ्गमञ्चको क्षेत्रमा आशाको दियो बल्छ कि भन्ने सङ्केत देखिएको छ ।

कोरोनाले खुम्च्याएको रङ्गमञ्चको पर्दा उघ्रन थालेको छ । गएको फागुन एक गतेदेखि सरकारले मनोरञ्जनका सबै क्षेत्र खुला गर्ने निर्णय गरेसँगै नाटकघरमा लागेका माकुराको जालो झार्नेदेखि खुइलिएको रङ्गसमेत चम्काउन थालिएको छ।

थिएटरहरुले अहिले आफ्नै तरिकाले नाटक मञ्चन गरिरहेका छन् । दर्शकको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो लागे पनि  उपस्थित भएका दर्शकको प्रतिक्रिया भने निक्कै राम्रो छ ।

Order Cake Order Cake Order Cake

उपस्थित भएका दर्शकको  राम्रो प्रतिक्रियाकै कारण मेरो कर्म त रङ्गमञ्च नै रहेछ भन्ने सम्झाइदिएजस्तो लाग्छ  रङ्गकर्मी  चन्द्र नेपालीलाई । उहाँ गुरुकुल थिएटरले सञ्चालन गर्दै आएको नाटकमार्फत् अभिनयमा जम्दै आउनुभएको छ ।  पछिल्लो समय गुरुकुलबाट सञ्चालन भएका धेरैजसो नाटकमा अभिनय गर्दै आउनुभएका उहाँ व्यवस्थापनको काममा पनि उत्तिक्कै सक्रिय हुनुहुन्छ । फेरि अर्को नाटकको पनि तयारी भइरहेको उहाँको भनाइ छ ।

उहाँसमेतको व्यवस्थापनमा गुरुकुल थिएटर थापागाउँमा गएको फागुन १६ गतेदेखि ‘ताराबाजी लैलै’ नाटक मञ्चन भइरहेको छ । आउँदो १३ गतेसम्म सोमवारबाहेक हरेक दिन नाटक मञ्चन हुनेछ ।

नाटक हेर्ने दर्शकको सङ्ख्या तुलनात्मक रुपमा कम भए पनि शनिवार साढे एक बजे अतिरिक्त यस र त्योबाहेक  हरेक दिन बेलुका पाँच बजेपछि एक घण्टा २० मिनेसम्म नाटक मञ्चन हुने गरेको छ । १०, १२ वर्ष अगाडि पनि प्रदर्शनीमा आएको  यो नाटक पहिला पनि गुरुकुलमै देखाइएको थियो । त्यतिबेला पनि दर्शकले निक्कै मन पराएका थिए । अहिले फेरि यो नाटक देखाउनुपर्छ भनेर धेरैको माग आएकाले नाटक देखाइएको हो ।

रङ्ग कर्म बगिरहनुपर्छ । धेरैबेर बगेन भने जाम हुन्छ । दुई वर्षसम्म कलाकर्मीहरु त्यसै गरी  जाममा फसे । शारीरिक, मानसिक र संवेगात्मक रुपमा अशक्त जस्तै बने । सरकारले मनोरञ्जनको क्षेत्र खुला गरेसँगै यो क्षेत्रमा लठ्ठीको आवश्यकता भएकालाई वैशाखी भेट्टाए जस्तै भएको छ । दर्शकको प्रतिक्रिया एकदमै राम्रो  र उत्साहजनक छ । रङ्ग क्षेत्रमा लागेकाहरु यसै भन्छन् ।

कलाकार अनिल कुर्मीका अनुसार लामो समय उकुसमुकुसको सामना गरिरहेका मानिसहरुलाई मनोरञ्जन क्षेत्र कहिले खुल्ला भन्ने भइरहेको थियो । कलाकर्मीलाई पनि आफ्नो कला देखाउन कहिले पाउँला भन्ने भइरहेको थियो । त्यही भएर पनि होला अहिले हलमा तीन चार वटा नाटक एकै पटक लागिरहेका छन् । कोरोनाका कारण मनोरञ्जन क्षेत्र नै बिर्सन लागेकाहरु पनि अहिले झल्याँस्स बिउँझिएर थिएटरसम्म पुगेका छन् ।

परिस्थिति दिन प्रतिदिन सहज बन्दै गएको छ । अहिले काठमाण्डौमा मण्डला, कौसी थिएटर, थिएटर मल र  गुरुकुल थिएटरबाट नियमित नाटक मञ्चन भैरहेका छन् । शिल्पी थिएटरले भने फरक–फरक समूह बनाएर खुला ठाउँमा नाटक गर्दै आएको छ । यो सडक नाटक भने होइन । यसलाई मुक्त रङ्गमञ्चको नाम दिइएको शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज  बताउनुहुन्छ।

अहिले मानिसमा कोरोना भाइरसको डर कायमै भएकाले मानिसको भीड धेरै नलागे पनि  नाटकप्रति चासो दिने, नाटक हेर्न आउनेको उपस्थितिले हौसला बढेको उहाँले बताउनुभयो ।  मुक्त रङ्गमञ्च अन्तर्गत शिल्पी थिएटरले अहिलेसम्म ४० भन्दा धेरै ठाउँमा नाटक मञ्चन गरिसकेको छ । थिएटरले कुनै चोक, टोल वा स्कुलका प्राङ्गणहरुलाई मञ्च बनाइरहेको घिमिरे युवराज बताउनुहुन्छ ।

लामो समय थलिएर फेरि गति लिन थालेको नाटक क्षेत्रले विगतको भन्दा पनि उचाइ लिने धेरैको विश्वास छ । मनोरञ्जनका अन्य क्षेत्रहरुजस्तै नाटकमा पनि नागरिककोे रुचि बढ्दो रहेकाले यो थप व्यावसायिक र विकसित हुने देखिन्छ । नाटक क्षेत्र र यो क्षेत्रमा भविष्य खोजिरहेका कलाकारहरुजस्तै सरकारका सम्बद्ध निकाय र दर्शकहरुको साथ पाए नाटक क्षेत्र सधैँभरि हराभरा हुने पक्का छ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki