१५ वर्षिय नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
प्रहरीले माडी नगरपालिका-१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत नाबालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयाे ।
पक्राउ पर्ने लामिछाने माडी-५ का स्थानीय हुन् ।
अधिकारीका अनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।