Friday, May 1, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मधेसमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षः मधेस प्रदेश

Monday, March 21, 2022
993
VIEWS
Website Development Website Development Website Development

जनकपुरधाम ,चैत्र ७, स्मार्ट अक्षर संम्वाददाताः। आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। त्यसमध्ये पाँच सय ९८ जना महिला छन्। मधेस प्रदेशमा बेरोजगारीको संख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ।

म्यादी प्रहरीका लागि आवेदन दिन आएका धनुषा मिथिला नगरपालिका ढल्केवरका बलबहादुर केसी काेराेना महामारीले भारतमा राेजगारी गुमाएका व्यक्ति हुन्। ‘पहिला भारतको दिल्लीमा बसेर लामो समयदेखि काम गरिरहेकाे थिएँ तर कोरोना महामारीले रोजगार गुमेपछि घरमै बसेकाे थिएँ । अब ४० दिनकै लागि भए पनि रोजगार पाउने आशमा निवेदन दिन आएको छु,’ उनले भने।

Order Cake Order Cake Order Cake

मिथिला नगरपालिका जमुनिवासकी इन्द्रमाया श्रेष्ठले यसअघि पनि म्यादी प्रहरीमा जागिर खाइसकेकी छन् । ‘घरमा कामधन्दा छैन, पाँच वर्षपछि पुनः म्यादी प्रहरी सरकारी जागिर खान आवेदन दिन आएकी छु,’ ४५ वर्षीया उनले भनिन् । यसबाट आउने पैसाले घरपरिवारलाई धेरै राहत हुने उनकाे आश छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिन नै युवाहरूको उच्च रहेको बताए । ‘पहिलो दिन नै युवाहरूको संख्या उच्च थियो,’ उनले भने, ‘दोस्रो, तेस्रो दिन झन् उच्च रहने हाम्रो अनुमान हो । धनुषामा करिब साढे तीन हजार म्यादी प्रहरी चाहिएकोमा पहिलो दिन नै १८ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । अरु त समय नपाएर भोलि आउने भनेर घर फर्काएका छौं ।’

म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलब पाउँछन् । म्यादी प्रहरीले ४० दिन तलब पाउने छ । यस हिसाबले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको सात हजार दुई सय, पाेसाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्चबापत एक हजार गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउने छ । म्यादी प्रहरीमा छनाेट भएकालाई १० दिन तालिम दिने छ ।

म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्मको म्याद तोकिएको छ । मधेस प्रहरी कार्यालयका अनुसार प्रदेशभरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने छ ।

धनुषामा तीन हजार ४८६, सप्तरीमा तीन हजार १३९, सर्लाहीमा तीन हजार ८८, महोत्तरीमा दुई हजार ७३६, रौतहट दुई हजार ५८९, बारा दुई हजार ५२८, सिरहामा दुई हजार ३३१ र पर्सामा एक हजार आठ सय एकजना म्यादी प्रहरी भर्ना गरिने प्रहरी प्रधान कार्यालयबाट परिपत्र आएको मधेस प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले बताए ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमै राखिने निर्णय भएको उनले बताए । कुल म्यादी प्रहरी २२ प्रतिशत मधेस प्रदेशमै खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments
Share

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki