Saturday, May 30, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तीनवटै तहकाे निर्वाचनमा चुनावी तालमेल गर्ने देउवाको आश्वासन

Friday, March 18, 2022
993
VIEWS
Website Development Website Development Website Development

स्मार्ट अक्षर सम्वाददाता

चैत्र ४ गते,काठमाडौं : सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

Order Cake Order Cake Order Cake

देउवाले कांग्रेसले फागुन २९ बाट सुरु गरेको अभियान सकिनासाथ तालमेलको निर्णय लिने बताएका हुन् । स्थानीय तहमा सबै ठाउँमा तालमेल सम्भव नभए पनि महानगरपालिका र उपमहानगरपालिकासम्म केन्द्रीय तहबाटै तालमेल गर्नेबारे नेताहरूबीच छलफल चलेको छ । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने नेताहरुले बताएका छन् ।

कांग्रेसमा संस्थापनसँग असहमत पक्षले चुनावी तालमेल नहुने भन्दै दिइरहेको अभिव्यक्तिलाई लिएर दाहाल र नेपालले आशंका प्रकट गरेका थिए । कांग्रेस नेता शेखर कोइराला र उनको पक्षमा रहेका नेताले सत्ता गठबन्धन र चुनावी तालमेल अलग–अलग विषय भएको भन्दै कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताइरहेका छन् । कोइराला समूहका नेताहरूको अभिव्यक्तिलाई लक्षित गर्दै बिहीबार माओवादी अध्यक्ष दाहालले कांग्रेसले लखेट्न खोजे एमालेसँग पनि तालमेल हुन सक्ने बताएका थिए । ‘एमालेसँग तत्काल कुनै छलफल भएको छैन तर कांग्रेसमा पनि केही अतिवादी नेता छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन,’ लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दाहालले भनेका थिए, ‘राजनीतिमा असम्भव केही हुँदैन ।’

दाहालका स्वकीय सचिव एवं केन्द्रीय सदस्य रमेश मल्लले स्थानीय तहसम्म गठबन्धनको संयत्र बनाउने विषयमा बालुवाटारमा छलफल भएको बताए । ‘स्थानीय तहसम्म संयन्त्र बनाएर अघि बढाउने कुरा भयो,’ उनले भने । देउवालाई आफूले तालमेल गर्न नसके ०७४ को निर्वाचनमा जस्तै एमालेसंँग चुनावी समीकरण बन्न सक्ने भय छ । त्यसकारण उनले तीनै तहको चुनावमा एकैसाथ तालमेलको सहमति गर्न खोजेका छन् । तर, पार्टीभित्रकै फरक विचार समूहका कारण उनले चाहेजस्तो निर्णय गराउन सकेका छैनन् ।

कांग्रेसका एक मन्त्रीले चैत अन्तिम सातासम्ममा तालमेलका विषयमा पार्टीले निर्णय गर्ने र गठबन्धन दलबीच पनि समझदारी बन्ने दाबी गरे । ‘स्थानीय तहमा भागबण्डा नै गर्ने गरी तालमेल सम्भव छैन । केही स्थानमा केन्द्रले निर्णय गरे पनि अधिकांशमा स्थानीय आवश्यकताअनुसार तालमेलको निर्णय गर्ने नीति तय गर्छ,’ ती मन्त्रीले भने, ‘प्रदेश र संघमा भने प्रतिशतकै आधारमा तालमेल हुन सक्छ ।’

प्रधानमन्त्रीका विश्वास पात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले चुनावी तालमेल गरेर गठबन्धन अघि बढ्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको चुनावी अभियानको सिलसिलामा बिहीबार रूपन्देहीमा खाँणले अप्ठ्यारो अवस्थामा बनेको गठबन्धनलाई कायमै राखेर अघि बढ्न कांग्रेस तल्लिन रहेको बताएका हुन ।

बालुवाटार बैठकमा नेताहरुबीच वैशाख ३० मा स्थानीय निर्वाचन नहुने हो कि भन्ने आशंका उठेको थियो । एमाले अध्यक्ष केपी ओली तयार भए प्रदेश र संघको निर्वाचन अघि र स्थानीय तहको पछि निर्वाचन गर्ने चर्चा चलिरहेका बेला माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । ‘हामी तयारी अघि बढाइरहेका छौं तर बाहिर चुनाव नहुने हल्ला पनि चलिरहेको छ नि’ भनेर आफूले प्रश्न गर्दा प्रधानमन्त्रीले भोट हाल्ने दिनसम्म पनि यस्तो हल्ला भइरहने भन्दै ढुक्क हुन आग्रह गरेको दाहालले बताए । ‘चुनाव नहुने परिस्थिति कहीं, कतैबाट देखिएको छैन,’ उनले थपे ।

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki