नेपाल भ्रमणमा रहेका साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैजल बिन फरमान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।
उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । उत्त अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भयो । भेट पछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवा सँग भेट गरेका छन् । प्रधानमन्त्री देउवा सँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ नेपालको दुईदिने भ्रमण को सिलसिलामा साउदी बिदेशमन्त्री साउद गत सोमबार काठमाडौं आइपुगेका थिए उनी मंगलबार बिहान नेपाल साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मङलबार नै स्वदेश फर्किसकेका छन्।






