
युक्रेनका राष्ट्रपति भोल्लेदिमीर जेलेन्सकीले फेसबुक मार्फत आफ्ना नागरीकहरुलाई संवोधन गर्दै भनेका छन अब वास्तबिक वार्ता हुदैछ । हामी आफ्नो जितको लागी जनताहरुको सर्मथन आवश्यक ठानेका छौ । उक्त अवसरमा रुससँग जुम मार्फत बार्ता गरीरहेको टोली पनि सामेल थियो ।
रुसको युक्रेनलाई लगातार दबाब छ युक्रेनले बार्ताको लागि तयार रहन औपचारीक घोषणा गरोस की नाटोमा बिल्कुल सामेल हुने छैन र साथै पुर्बी युक्रेनको बिदेही इलाका दोनस्क र लुहास्कलाई स्वतन्त्र देशको मान्यता दियोस ।
दुबैराष्ट्रबीच अनौपचारीक बार्ताहरु चलिरहेकै छन जुन बुधबार पनि जारी रहने छ ।
युक्रेनका प्रतिनिधी मिखाइलो पोदलियाकले बार्ताकै क्रममा एकआपसमा अन्तरबिरोधहरु देखिए पनि संझौताको लागी दुबै राष्ट्र लचक भएको बताएका छन् ।







