Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

फेरि आक्रमण नहोला भनेर कसरी विश्वास गर्ने ?

Sunday, March 13, 2022
993
VIEWS
Website Development Website Development Website Development

ममाथि निर्घात कुटपिट भएको एक वर्षपछि अहिले त्रिभुवन विश्वविद्यालयमा पढाउन जान थालेको छु । पढाउन जानु हुँदैनथ्यो कि भन्ने पनि लागिरहन्छ, मनमा एककिसिमको डर भइरहन्छ ।

मैले १५ वर्षदेखि गरिरहेको काम यही हो, आफ्नो जिम्मेवारी त निर्वाह गर्नुपर्‍यो भन्ने लागेर पढाउन फर्केर पढाउन थालेँ । तर, पहिले नयाँ पुस्तालाई ‘ग्रुम’ गरौं भनेर कक्षा कोठामा जाँदा जुन जोश–जाँगर हुन्थ्यो, त्यो अहिले ममा छैन ।

मनमा हरपल एउटै प्रश्न उब्जिन्छ– मेरो सुरक्षा खोइ ? फेरि आक्रामण नहोला भनेर कसरी विश्वास गर्ने ? त्यतिबेलाका आक्रमणकारीहरु त खुलेआम हिँडिरहेका छन् !

Order Cake Order Cake Order Cake

यो मनस्थितिमा म त्रिविमा पढाउँदैछु । पहिले पढाउँदा मैले जे भोगेँ, त्यो घरिघरि मानसपटलमा आइरहन्छ । मलाई त्यसरी सांघातिक आक्रमण गर्नुको पछाडि कुनै कारण थिएन । मसंग रिस उठ्यो, योजनाबद्ध आक्रमण गर्‍यो । नत्र, आक्रमणको योजनाकार हरि आचार्य र योगेन्द्र रावलको के कुरामा म बाधक बनेको थिएँ ?

उनीहरुले मलाई लगाएको आरोप चाहिं हामीले लगाएको ताला फोड्यो भन्छन् । तर विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा ताला किन लगाउनुपर्‍यो ? ताला लगाउनु हुँदैन भन्ने लाइनमा म उभिएकै हो, तर ताला मैले फोडेको थिइनँ ।

विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! दुनियाँमा यस्तो कहिं हुन्छ ?

ताला खोल्नुपर्छ भन्ने सबै प्राध्यापकको मत थियो । विश्वविद्यालय बन्द गर्नुपर्छ भनेर कसले सोच्छ होला र ? मैले ताला खोल्नुपर्छ भनेर अलि बढी जोड गरेको थिएँ । त्यसैको परिणाम मैले आक्रमण भोग्नुपर्‍यो ।

म अझै पनि भन्छु, विद्यार्थीका मुद्दाका लागि भन्दा पनि निहीत स्वार्थ राखेर विश्वविद्यालयमा ताला लगाइन्छ । उनीहरुको देखाउने र चपाउने दाँत फरक–फरक छ ।

अहिलेको भाइस चान्सलरको टोली आएपछि समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या लगायतका विभागका प्रमुख वरिष्ठताको आधारमा नियुक्त गर्‍यो । समाजशास्त्र विभागमा उनीहरुले दुई महिनादेखि ताला लगाएका थिए । उनीहरुको उद्देश्य नयाँ विभागीय प्रमुखलाई हटाउने र पहिलेको काम चलाउ विभागीय प्रमुखलाई निरन्तरता दिने थियो ।

सोच्दै नसोचेको घटना

विद्यार्थी राजनीतिमा संरचनागत हिंसा पहिल्यैदेखि थियो । त्यसलाई हामीले सहँदै आएका थियौं । विभागमा धकेलाधकेल, सामान्य तोडफोड हुन्थ्यो, हामी चुपचाप बस्थ्यौं । कार्यालय समयमा संस्थाको मुख्य व्यक्तिसँग चर्काचर्की र गालीगलौज हुन्थ्यो, त्यसलाई सहेका थियौं ।

तर ममाथिको आक्रामण न कार्यालय समयमा भएको हो न त म त्यहाँको विभागीय प्रमुख हो । विभागको एउटा मामुली शिक्षक ताला खोल्नुपर्छ भनेर उभिदा सुनियोजित रुपमा आक्रमण गरेका हुन् ।

म त्रिविकै प्राध्यापक आवास गृहमा बस्छु । २० असोज २०७७ को बिहान ९ बजे कोठाबाट निस्किँएको थिएँ । चप्पल, टिसर्ट र ट्राउजर लगाएर नेपाल बैंकसम्म पुगेर फर्किँदै गर्दा पछाडिबाट कसैले एक्कासी आक्रमण गर्‍यो । म त्यहीँ ढले ।

चार जनाले मलाई फलामे रड र बाँसको भाटाले हाने । मलाई भाटाले घोच्दै, रडले हान्दै गरे । ज्यान बचाउन उठेर भाग्न लाग्दा मेरो खुट्टा भाँचियो । मैले कति हारगुहार गरे, तर कोही प्रतिवाद गर्न आएनन् । ‘लौ न मलाई मार्न लागे, बचाउनुस्’ भनेर कराउँदा हेर्छन्, गइहाल्छन् । अन्तिममा एक जना साहसी चिच्याए अनि क्रिकेट ग्राउण्डबाट मान्छेहरु आए अनि आक्रामणकारीहरु भागे ।

पछि सीसी टीभीको फुटेजले बुलेट बाइक र स्कुटरमा को–को थिए भन्ने देखायो । त्यही आधारमा प्रहरीले आक्रमणकारीको मोटरसाइकल र स्कुटर बरामद गर्‍यो । समातिएकाहरुले हरि आचार्य र योगेन्द्र रावलको निर्देशनमा आक्रमण गरेको बयान दिए । उनीहरुले ‘त्यसलाई मारिदिनु, संगठनले जिम्मा लिन्छ’ भनेका रहेछन् ।

मेरो शरीरमा कुनै ठाउँ छैन, जहाँ नहानिएको होस् । २१ औं शताब्दीमा यसरी जनावरलाई पनि हानिँदैन । मेरो खुट्टामा अहिले पनि तीन वटा रड छ । मेरो बायाँ खुट्टा पनि भाँच्न खोजेका थिए । टाउकोमा पटकपटक हाने ।

 

यस्तो घटना विश्वविद्यालयभित्रै हुनु एकदमै डरलाग्दो कुरा थियो । मैले शिक्षकको रुपमा त्यस्तो कहिल्यै कल्पना गरेको थिइनँ । यो मेरो रोजाइको जागिर थियो । शिक्षण भनेको दुःख गरेरै खाने पेशा हो । पढ्न, लेख्न पाइन्छ, अपडेट भइन्छ । कमसेकम एउटा पुस्तालाई ‘ग्रुम’ गर्न पाइन्छ भनेर मैले यो पेशा रोजेको थिएँ । त्यसरी सामान्य कुरामा मलाई मार्ने तहमा आक्रमण गरिन्छ, संगठित अपराध हुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ ।

म भाग्यले मात्र बाँचेको हुँ । मेरो ज्यान बच्यो, मेरो परिवार, छोराछोरी जोगिए ।

त्यो आक्रमणको योजना साउथ इण्डियन फिल्मको झल्को दिने गरी बुनिएको थियो । कस्तो फिल्मी छ भने बेलुका हरि आचार्य भन्नेले मलाई आक्रमण गर्नेमध्येको एक रुपेश शाहलाई फोन गर्छ । मलाई आक्रमण गर्ने अन्यलाई ल्याउने मान्छे पनि रुपेश रहेछ । फोनको सबै डिटेल प्रहरीले निकालेको छ । उनीहरुबीच पटक–पटक फोनमा कुरा भएको छ । फोनमा हरि आचार्यले ‘भोलि तिमीले एउटा मान्छेलाई ठीक पार्नुपर्ने भयो, त्यसलाई मारिदिनु, संगठनले जिम्मा लिन्छ’ भनेको रहेछ ।

‘भोलि त्रिविको चिया पसलमा गएर योगेन्द्र रावललाई भेट्नु’ पनि भनेको रहेछ । मलाई आक्रमण गर्नेहरुले २० हजार रुपैयाँमा हान्न आएको भनेका छन् ।

रुपेशले आफ्ना ३ साथी रविनकुमार लामा, सयुष श्रेष्ठ र निरज राना मगरलाई बोलाएको रहेछ । मलाई हान्नुभन्दा अगाडि उनीहरुले रावललाई भेटेका रहेछन् । हरि आचार्यले पनि चिया पसलमा टोलीलाई पर्खेको रहेछ ।

रुपेशले सयुषलाई स्कुटरमा लिएर गएको रहेछ । रविनकुमार र निरज उनीहरुभन्दा अगाडि पुगेका रहेछन् । म सडकमा निस्किँदा अघिपछि आठ–दश वटा मोटरसाइकल गुडिरहेका थिए । त्यसमध्ये मेरो पिछा गर्ने टोली पनि रहेछन्, जुन मलाई थाहा हुने कुरै भएन । ममाथि त्यस्तो अपराध हुँदैछ भन्ने भेउ पाएको भए म त्यसरी निस्किने नै थिइन ।

गुण्डागर्दीलाई चोख्याउने संरचना

‘त्यसलाई मार, संगठनले जिम्मा लिन्छ’ भनेको संगठन भनेको पेशेवर अपराधी ओत लाग्ने ठाउँ हो ?

अनलाइनखबरकै एउटा रिपोर्टमा काठमाडौंका २०० गुण्डा कुन–कुन दलमा आवद्ध छन् भनेर खुलाइएको छ । उनीहरु यो अथवा त्यो राजनीतिक पार्टीको ओत लागेर बसेका छन् भनिएको छ । पेशेवर गुण्डाहरु यस्ता संगठन वा पार्टीको छातामुनि बसेका छन् । ममाथि भएको आक्रमणको घटनाले पनि त्यही देखायो ।

अब मेरो प्रश्न चाहिं के छ भने नेपाल विद्यार्थी संघ (नेविसंघ) त्यसरी पेशेवर अपराधीले गरेको अपराधको जिम्मा लिने संगठन हो ? मेरो घटनामा नेविसंघले पीडकहरुलाई जोगाउन आन्दोलन गर्‍यो ।

डेमोक्रेटिक लयर्स एशोसिएसनलाई पनि त्यसमा प्रयोग गर्‍यो । एशोसिएसनले ती हाम्रा मान्छे हुन्, तिनलाई बचाउनुपर्छ भनेर बहस–पैरवी गर्‍यो । के गुण्डागर्दीमा संलग्नलाई बचाउन पार्टी संरचनाहरु बनेका हुन् ?

घटनापछि हरि आचार्य र योगेन्द्र रावल दुई महिनासम्म प्रहरीको वारेन्ट छलेर बसे । सुरुमा उनीहरु कांग्रेसका एक जना ठूलै नेताको घरमा बसेका थिए रे ।

म त अस्पतालको बेडमा थिएँ । जिन्दगीमा कहिल्यै नपरेको विपत्ति आइलागेको थियो । मुद्दा भन्ने चिज कहिल्यै परेको थिएन । अड्डा अदालत भनेको बलियो, शक्तिशाली र पैसावाल मान्छेको अपराध चोख्याउनका लागि मात्र बनाइएको रहेछ । न्यायिक निकायहरु हामीजस्ता निरीह मान्छेका लागि होइन रहेछ ।

म त त्यतिबेला अदालत पनि जान सकिन । अम्बिका निरौला भन्ने न्यायाधीश हुनुहुँदो रहेछ, उहाँले आक्रामणकारीहरुलाई २०, २५, ३० र ४० हजार रुपैयाँ धरौटीमा छाडिदिनु भयो । आदेशमा उहाँले ‘प्रतिवादीहरुले कसूर गरेका होइनन्’ भनेको चाहिं देखिँदैन । तर, थुनामुक्त गर्न आदेश दिनुभयो ।

मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहँदासम्म मैले न्याय पाइनसके पनि मुद्दा चलिरहेको छ भन्ने थियो । तर, अहिले गृहमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयबाट मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय, काठमाडौंको निवेदनको आधारमा त्यो प्रक्रिया अघि बढाइएको छ ।

नेविसंघको केन्द्रीय कार्यालयले पनि मुद्दा फिर्ताको पहल गरिरहेकै छ । त्यही आधारमा गृहमन्त्रीको ठाडो निर्देशनमा जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा फिर्ताको प्रक्रियामा अघि बढेको छ । यसमा काठमाडौं प्रहरीका एसएसपी, जिल्ला सरकारी वकिलको कार्यालयको वकिल लगायतले फिर्ता दिनुपर्‍यो भनेर राय दिएका छन् । गृह प्रशासनको दबाबमा उनीहरुले यस्तो राय दिएका हुन् ।

रायमा ‘विश्वविद्यालयमा शान्ति अमनचयन कायम गर्न यो मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउनुपर्छ’ भनेर लेखिएको रहेछ ।

यसको अर्थ– विश्वविद्यालयमा जसलाई चाह्यो त्यसलाई हान्न, मार्न पाउनुपर्छ । तालाबन्दी गरेर नियुक्ति, सम्बन्धन, सरुवा बढुवा र आफ्ना मान्छेलाई जागिर खुवाउन पाइरहनुपर्छ । गुण्डाराज कायम गर्न पाउनु पर्छ । हामीलाई कारबाही भयो भने विश्वविद्यालयमा शान्ति र अमनचयन खलबलिन्छ ! दुनियाँमा यस्तो कहिं हुन्छ ?

(त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक चलाउनेसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

Source :- Online Khabar

Comments
Share

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki