Wednesday, June 3, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै

Sunday, March 9, 2025
च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै
2.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदै छ। दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुँदै छ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन्।

च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए। भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन्।

Order Cake Order Cake Order Cake

मार्च २ मा, भारत र न्यूजील्याण्ड बीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो। यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो। च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै, वरुणले पाँच विकेट लिए र न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त पारेका थिए।

२५ वर्षपछि उपाधि भिडन्तमा आमनेसामने

भारत र न्युजील्याण्ड दुई पटक आईसीसी प्रतियोगिताको फाइनलमा भिडेका छन्। दुई टोलीले अन्तिम पटक २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा एकअर्कासँग खेलेका थिए। वर्षाका कारण छ दिनसम्म चलेको सो खेलमा न्युजील्याण्डले भारतलाई पराजित गरेको थियो।

रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए। त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो।

त्यो खेलमा, सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टोलीले गांगुलीको ११७ रन र सचिन तेन्दुलकरको ६९ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर २६४ रन बनाएको थियो। जवाफमा, स्टीफन फ्लेमिङको कप्तानीमा रहेको न्युजील्याण्डले लक्ष्य सफलतापूर्वक हासिल गर्यो। न्यूजील्याण्डका लागि सो खेलमा क्रिस केर्न्सले ११३ बलमा अविजित १०२ रन बनाए र भारतबाट जित खोसेका थिए।

न्युजील्याण्डले लामो समयदेखि आईसीसी उपाधिको प्रतिक्षा गरिरहेको छ। त्यसबेलादेखि, न्युजील्याण्डले अहिलेसम्म आईसीसीको ह्वाइट बल प्रतियोगिता जितेको छैन।

न्युजील्याण्ड २०१५ र २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो तर दुवै पटक पराजित भएको थियो। अब, उनीहरूले अर्को फाइनलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीसँग सामना गर्नेछन्, जुन प्रतियोगितामा अपराजित रहँदै उपाधि खेलमा पुगेको छ।

भारत आईसीसी प्रतियोगिताको १४औ फाइनल खेल्दै

पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट रहेको छ। रोहितको कप्तानीमा रहेको भारतीय टोलीले गत वर्ष टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो, जुन ११ वर्षमा पहिलो पटक आइसीसी उपाधि थियो।

अब, आठ महिना पछि, टोली दोस्रो आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ र उपाधिको धेरै नजिक छ। यद्यपि, भारतको लागि न्युजील्याण्डको चुनौती सजिलो हुनेवाला भने छैन।

२५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुनेछन्। रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए। त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो।

पछिल्ला केही वर्षहरूमा भारतले आईसीसी प्रतियोगिताहरूमा प्रभुत्व जमाएको छ। भारतले उपाधि जित्ने अवसरहरू गुमाइरहेको भए पनि, लगातार नकआउट खेलहरूमा पुग्न सफल भएको छ।

अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा आयोजना भएको थियो, त्यतिबेला पनि भारत फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट चुकेको थियो। त्यसपछि टोली २०१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्यो जहाँ उनीहरू न्यूजील्याण्डसँग पराजित भए र प्रतियोगिताबाट बाहिरिएको थियो।

भारत २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि हारेको थियो। त्यसपछि भारत २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भयो।

भारतको आईसीसी उपाधि जित्ने खडेरी २०२४ मा रोहितको कप्तानीमा टी-२० विश्वकप जितेपछि समाप्त भयो। भारतले पहिलो पटक १९८३ मा कपिल देवको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो, जुन भारतको पहिलो आईसीसी उपाधि थियो। त्यसपछि टोली २००० मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो तर न्युजिल्याण्डसँग हारेको थियो।

२००२ मा, यो सोही प्रतियोगितामा श्रीलंकासँग संयुक्त विजेता बन्यो। त्यसको अर्को बर्ष, भारतीय टिम सौरभ गांगुलीको नेतृत्वमा २००३ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो, तर देशको सपना फेरि एक पटक चकनाचुर भयो र टोलीले अष्ट्रेलियाको हातबाट हार बेहोर्नु पर्‍याे। २००७ मा, महेन्द्र सिंह धोनीको नेतृत्वमा, भारतले पहिलो टी-२० विश्वकपको फाइनलमा पाकिस्तानलाई पराजित गर्‍यो।

ठीक चार वर्षपछि, धोनीको कप्तानीमा, भारतले मुम्बईको वानखेडे स्टेडियममा खेलिएको २०११ को एकदिवसीय विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जित्यो। धोनीको नेतृत्वमा भारतले २०१३ मा च्याम्पियन्स ट्रफीमा फेरि इङ्गल्याण्डलाई पराजित गर्‍यो।

धोनीको कप्तानीमा यो भारतको तेस्रो आईसीसी उपाधि थियो। यसपछि भारतीय टिम उपाधिको लागि आतुर थियो। २०१४ को टी-२० विश्वकपको फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो।

जबकि, २०१७ मा, उनीहरू च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएका थिए। भारतले २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल हारेको थियो भने टोलीले घरेलु मैदानमा २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेको थियो । यद्यपि, २०२४ मा बार्बाडोसमा भारतको उपाधि खडेरी गत वर्ष समाप्त भयो र भारत अब अर्को आईसीसी उपाधिको आशामा छ।

च्याम्पियन्स ट्रफी २०२५ को फाइनल अघि भारत सबै ढाँचामा कुल १३ पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ । यसमध्ये भारतले छ पटक उपाधि जित्न सफल भएको छ।

भारतले १९८३, २००२, २००७, २०११, २०१३ र २०२४ मा आईसीसी उपाधि जितेको छ। यदि भारतले आइतबार न्युजील्याण्डलाई हराउन सफल भयो भने, यो सातौं आईसीसी उपाधि हुनेछ, जबकि यो रोहितको कप्तानीमा लगातार दोस्रो आईसीसी ट्रफी हुनेछ।

एकदिवसीय खेलमा हेड टू हेड  

एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन्। जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ। त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ।

Comments
Share
61
Shares

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki