Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

इजरायली आक्रमणमा हमासका शीर्ष नेता सिनवारको मृत्यु

बीबीसी 

Friday, October 18, 2024
इजरायली आक्रमणमा हमासका शीर्ष नेता सिनवारको मृत्यु
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिएको विविसीले जनाएको छ ।

‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

सिनवारको मृत्युबारे हमासको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन। यसअघि सिनवारको मृत्युको पुष्टिका सम्बन्धमा इजरायलले  डीएनए परीक्षण गरिएको जनाइएको थियो ।

Order Cake Order Cake Order Cake

गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार उत्तरी गाजाको एक विद्यालय भवनमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

इजरायली सेनाले जबलियाको यो ठाउँलाई हमास र अन्य इस्लामिक जिहाद कार्यकर्ताहरूले आफ्नो बैठक बिन्दुको रूपमा प्रयोग गरिरहेको बताएको छ।

हमासले भने उक्त आक्रमणको निन्दा गरेको छ।

एक विज्ञप्तिमा हमासले आक्रमणस्थल विद्यालय रहेको र आफूहरुले उक्त स्थानलाई कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको दाबी झुटो भएको बताएको छ।

इजरायली सेनाले दुई साताअघि यस क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको थियो। इजरायली सेनाले हमास लडाकुहरूलाई पुन: संगठित हुनबाट रोकेको दाबी गरेको छ। इजरायली सेनाले दर्जनौं नामहरूको सूची जारी गर्दै आक्रमणको समयमा ती सबै मानिस भवनमा रहेको बताएको छ।

त्यस्तै संयुक्त राष्ट्रका अधिकारीहरूले जबलियामा फसेका हजारौं प्यालेस्टाइनीको अवस्था निकै खराब रहेको बताएका छन् । उनीहरुलाई खाद्यान्नको पनि अभाव रहेको उनीहरुको भनाइ छ।

को हुन् याह्या सिनवार ?

याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् । उनलाई इजरायलदे मोस्ट वान्टेडको सुचीमा राखेको थियो।

इजरायलले अक्टोबर ७, २०२३ मा आफ्नो दक्षिणी क्षेत्रमा भएको आक्रमणको लागि हमासका अन्य नेताहरूको साथै याह्या सिनवारलाई प्रखुख जिम्मेवार ठहराएको छ। ती आक्रमणहरूमा १२०० भन्दा बढी मानिस मारिएका थिए र २०० भन्दा बढी व्यक्ति अपहरणमा परेका थिए।

अबु इब्राहिम भनेर चिनिने ६१ वर्षीय याह्या सिनवारको जन्म गाजा पट्टीको दक्षिणी क्षेत्रमा रहेको खान युनिस शरणार्थी शिविरमा भएको थियो ।

याह्याका आमाबाबु अस्केलोनका थिए। इजरायल १९४८ मा स्थापना भयो र हजारौं प्यालेस्टिनीहरूलाई उनीहरूको पुर्खाको घरबाट निष्कासित गरियो। त्यसपछि याह्याका आमाबाबु पनि शरणार्थी भए।

याह्या सिनवारले आफ्नो प्रारम्भिक शिक्षा खान युनिसको केटाको माध्यमिक विद्यालयमा प्राप्त गरे। यसपछि उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक डिग्री हासिल गरे।

याह्या सिनवारलाई सन् १९८२ मा इजरायलले पहिलो पटक पक्राउ गरेको थियो । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । याह्यालाई ‘इस्लामिक गतिविधि’ मा संलग्न भएको आरोप लगाइएको थियो। सन् १९८५ मा उनी फेरि पक्राउ परे । यही समयमा याह्याले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि याह्याले आफ्नो सबैभन्दा खतरनाक आन्तरिक सुरक्षा संगठन अल-मजदको स्थापना गरे। त्यतिबेला याह्या २५ वर्षका मात्र थिए ।

वाशिंगटन इन्स्टिच्युट अफ नियर इस्ट पोलिसीका फेलो एहुद यारीले गत वर्ष बीबीसीलाई इजरायलसँग मिलेर काम गरेको आशंकामा धेरै व्यक्तिको “क्रूर हत्या” पछाडि याह्याको हात रहेको बताएका थिए। उनले भनेका थिए, ‘याह्याले उनीहरूमध्ये धेरैलाई आफ्नै हातले मारेका थिए र उनी यसमा धेरै गर्व गर्थे। उनले म र अन्य व्यक्तिहरूसँग कुराकानीमा पनि यो कुरा भने।’

इजरायली अधिकारीहरूका अनुसार याह्याले पछि स्वीकार गरेका थिए कि उनले इजरायलको लागि जासुसी गरेको आशंकामा एक व्यक्तिलाई जिउँदै गाडेको थिए। जिउँदै गाड्ने काम बेल्चाले ​​नभएर चम्चाले गरिएको उल्लेख छ ।

सन् १९८८ मा याह्या सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएको र त्यसलाई कार्यान्वयन गरेको आरोप छ । उनी सोही वर्ष पक्राउ परेका थिए । इजरायलले उनलाई १२ प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै चारवटा आजीवन कारावासको सजाय सुनाएको थियो।

Comments
Share

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki