Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

दिल्ली अदालतद्वारा केजरीवालको अन्तरिम जमानत याचिका खारेज

रासस

Thursday, June 6, 2024
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ
7.6k
VIEWS
Website Development Website Development Website Development

नयाँ दिल्ली : राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तःशुल्क नीति मनी लान्ड्रिङ मुद्दामा मेडिकल कारणहरू देखाउँदै सात दिनको जमानतको लागि दायर गरेको अन्तरिम जमानत याचिका खारेज गरेको छ।
याचिका खारेज गर्दै अदालतले तिहाड जेल अधिकारीहरूलाई सबै आवश्यक मेडिकल परीक्षणहरू गर्न र आवेदक अरविन्द केजरीवालको उपचार गर्न निर्देशन दिएको छ।

सैबीच अदालतले उनको न्यायिक हिरासत पनि सन् २०२४ जुन १९ सम्म बढाएको छ। सर्वोच्च अदालतको निर्देशनको पालना गर्दै मुख्यमन्त्री केजरीवालले जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए। सोही अदालतले जुन १ मा अरविन्द केजरीवालको जमानत याचिकामा आदेश सुरक्षित राखेको थियो।

बहसको क्रममा केजरीवालको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता एन हरिहरनले भने, ‘अन्तरिम जमानत मेरो पार्टीको लागि प्रचार गर्ने उद्देश्यको लागि थियो, जुन एक राष्ट्रिय पार्टी हो।’

Order Cake Order Cake Order Cake

भर्खरै केजरीवालले आफ्नो कानूनी टोलीमार्फत सम्बन्धित अदालतमा दुई फरक जमानत आवेदन दिएका छन्। उनको नियमित जमानत याचिका जुन ७ मा सुनुवाइका लागि सूचीबद्ध छ।

यसअघि केजरीवाल अन्तरिम जमानतको म्याद थप गर्न सर्वोच्च अदालत पुगेका थिए। बुधबार सर्वोच्चले उनको निवेदन खारेज गर्दै नियमित धरौटीका लागि ट्रायल अदालत जान स्वतन्त्रता दिइएकोले यहाँ निवेदन सुनुवाइ गर्न नसकिने बताएको थियो।

केजरीवालले मे १० मा न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तबाट अन्तरिम जमानत पाएका थिए। उनलाई जुन २ मा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो।

अदालतले प्रवर्तन निर्देशनालय (इडी) को बयान सुनेर जुन ४ मा संज्ञानात्मक विन्दुमा आदेशको घोषणाको लागि मुद्दा तय गरेको थियो। मुख्यमन्त्री केजरीवालले सर्वोच्च अदालतमा पुनरावेदन दिँदा आम चुनावको घोषणापछि आफ्नो गिरफ्तारी बाह्य विचारबाट प्रेरित भएको दाबी गरेका थिए।

अप्रिल ९ मा उच्च अदालतले जेलबाट रिहा गर्नका लागि उनको निवेदन खारेज गर्यो। साथै लोकसभा चुनावका बीचमा राजनीतिक प्रतिशोधले जेमा राखेको उनको तर्कलाई अस्वीकार गर्‍यो।

केजरीवाललाई अहिले रद्द भइसकेको दिल्लीको अन्तःशुल्क नीति सन् २०२१–२२ मा कथित अनियमितता सम्बन्धमा मनी लान्ड्रिङ अनुसन्धानको सिलसिलामा इडीले मार्च २१ मा पक्राउ गरेको थियो।

Comments
Share
65
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki