Wednesday, June 3, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

टी–२० विश्वकप शुरु : उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्दै

Sunday, June 2, 2024
टी–२० विश्वकप शुरु : उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्दै
2.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको छ । क्यानडाले ब्याटिङ गरिरहेकाे छ ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् ।

यसपालीको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।

Order Cake Order Cake Order Cake

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो ।

Comments
Share
58
Shares

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki