काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कोशी, मधेश र बागमती प्रदेशको केहि स्थानमा बर्षादको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लामो समयपछि बर्षाद हुँदा किसान भने खुसी भएका छन्।
Comments
Share