Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित

एजेन्सी

Tuesday, March 19, 2024
रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित
8.6k
VIEWS
Website Development Website Development Website Development

मस्काे-  रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भएका रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

बलियो विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका र उनका अन्य तीन प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवार मात्र भएका उनका आलोचकहरूले आरोप  लगाएका छन् ।

रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाएका छन् भने उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गरेका छन्।

Order Cake Order Cake Order Cake

निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् ।

कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निर्वाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झण्डै १२ प्रतिशत मत बढी ल्याएका आलोचकहरु बताउँछन्।

रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्वाचनभन्दा करिब एक महिनाअघि जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन बिताइरहेका छन् कि रूसी जेलमा छन् ।

निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् ।

यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गरेका छन् ।

सेन्टर फर लिबरल मोडर्निटीथिङ्क ट्याङ्कमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनबाट चुनिएकोमा रूसी राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उनीसँग आगामी दिनमा थप सहकार्य गर्ने बताएका छन्।

कैयौँ पश्चिमा देशहरूले पनि रूसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् । वाशिङटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ ।

जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको ‘छद्म निर्वाचन’ को संज्ञा दिएको छ ।

यूकेका विदेशमन्त्री डेभिड क्यामरूनले ‘युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन’ को निन्दा गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी शासकले थप एक चुनावको नाटक गरेको’ टिप्पणी गरेका छन्। उनले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर गरे।

पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेता पुटिनले रूसी सामाजिक सञ्जाल टेलीग्राममार्फत सन्देश जारी गर्दै आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र ‘युक्रेनमा रूसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनले प्राप्त नतिजाले रूसको हालको कदमप्रति जनताले विश्वास प्रस्तुत गरेको बताएका छन्। उनले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताए।

Comments
Share
75
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki