मेक्सिको सिटी- मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यबाट अमेरीका प्रवेश गर्ने तयारीमा रहेका दुई हजार ५०१ विदेशी आप्रवासी पक्राउ गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले जनाएको छ ।
इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञप्ति जारी गर्दै सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको पक्राउ गरिएको जनाएको छ ।”
ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए । “पक्राउ पर्ने व्यक्तिमा ३०६ महिला र ९८९ वयस्क पुरुषहरू छन् । उनीहरू एक्लै यात्रा गरिरहेका थिए, र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधका लागि अनुसन्धान सुरु गरेको छ ।
यसैबिच मानव बेचबिखनको सम्भावित अपराधका लागि पाँच जना मेक्सिकोका नागरिकलाई अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ ।






