Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निर्वाचनकाे एक साताअघि एक जना उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते

रासस–एएफपी

Thursday, February 1, 2024
निर्वाचनकाे एक साताअघि एक जना उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते
5.3k
VIEWS
Website Development Website Development Website Development

पेशावर (पाकिस्तान- मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।

दक्षिण एसियाली यस मुलुकमा निर्वाचनहरू प्राय: हिंसाबाट प्रभावित हुन्छन् । निर्वाचनमा उम्मेदवारहरू र चुनावी सभामा आतङ्कवादी समूहका साथै व्यक्तिगत प्रतिशोधका कारण निशाना बनाइन्छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीबाट टिकट पाउन असफल भएपछि स्वतन्त्ररूपमा उम्मेदवार रहेका रेहान जेब खानको खैबर पख्तुनख्वा प्रान्तको पूर्वआदिवासी जिल्ला बाजौरमा स्टम्प भेलाबाट बाहिर निस्केपछि उहाँको कारमा गोली हानी हत्या गरिएको थियो ।

Order Cake Order Cake Order Cake

“रेहान जेबको हत्या निर्वाचनको समयमा अराजकता उत्पन्न गर्ने उद्देश्यले गरिएको हत्या हो”, जिल्ला प्रहरी अधिकारी काशिफ जुल्फिकारले भन्नुभयो ।

हिंसामाथि छलफल गर्नका लागि बिहीबार सरकार र गुप्तचर अधिकारीहरूसँग बैठक बस्ने पाकिस्तानको निर्वाचन आयोगले मिडियालाई बताएको छ । “बलुचिस्तान र खैबर पख्तुनख्वामा बिग्रिएको कानून र व्यवस्थाको अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगले फेब्रुअरी १ मा बैठक बोलाएको छ”, आयोगले भनेको छ ।

फेब्रुअरी ८ को मतदानअघि हजारौं अर्धसैनिक बलहरू तैनाथ गरिने अधिकारीहरूले पहिला घोषणा गरेका थिए ।

बुधबार पनि बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा एक राष्ट्रियसभा र अर्का प्रान्तीय सिटका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारमाथि ग्रेनेडले हमला गरिएको थियो। “आतङ्कवादीहरूले हमला गर्दा उहाँहरू दुवै कार्यालयमा हुनुहुन्थ्यो”, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का प्रवक्ताले भन्नुभयो । उहाँले पाँच जना घाइते भएको जानकारी दिनुभयो ।

इरानको सीमाबाट बुलेदा नजिक पिपिपीका उम्मेदवारलाई पनि उहाँको घरमा ग्रेनेडले निशाना बनाइएको थियो तर हमलामा कसैलाई कुनै नोक्सानी भएको थिएन ।

क्वेटामा पिटिआईको र्याली नजिकै भएको बम विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार बताएको थियो । उक्त हमला पार्टीका संस्थापक इमरान खानलाई गोपनीय सरकारी दस्तावेज चुहाएको आरोपमा १० वर्षको कारागार सजाय सुनाइएको केही घन्टापछि भएको थियो ।

पछि उहाँलाई भ्रष्टाचारको आरोपमा १४ वर्षको अर्को सजाय सुनाइएको छ । सन् २०२२ मा प्रधानमन्त्रीबाट हटाइनुभएका ७१ वर्षीय पूर्वक्रिकेट स्टार खानले पाकिस्तानको सैन्य किङमेकरहरूविरुद्ध अवज्ञा अभियान चलाउनुभएको थियो । उहाँले सेनामाथि आफ्नो प्रधानमन्त्री पद समाप्त गर्न षड्यन्त्र रचेको आरोप लगाउनुभएको थियो । रासस–एएफपी

Comments
Share
40
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki