Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

घट्दो विवाह दरसँग जुध्न जोडी खोजिदिने एप सञ्चालन

एसिया निक्की

Thursday, January 18, 2024
घट्दो विवाह दरसँग जुध्न जोडी खोजिदिने एप सञ्चालन
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – जापानको राजधानी टोकियो सहरले घट्दो विवाह दरसँग जुध्न डेटिङ एप ल्याउने भएको छ । टोकियोले चालु आर्थिक वर्ष २०२४ भित्र यस्तो म्याचमेकिङ अर्थात् जोडी खोजिदिने एप सार्वजनिक गर्ने भएको हो ।

उक्त एप एउटा निजी कम्पनीले सञ्चालन गर्नेछ, जुन राजधानीमा काम तथा अध्ययन गर्नेहरूका साथै स्थानीयले प्रयोग गर्न सक्नेछन् । यो सेवा लिन प्रयोगकर्तालाई आफ्नो गृहनगरले अविवाहित प्रमाणित गरेको कागजपत्र उपलब्ध गराउनु पर्नेछ ।

यस किसिमको समय खर्च हुने प्रक्रियाले ठगहरू तथा पहिले नै विवाह भइसकेकालाई खाता खोल्नबाट निरुत्साहित गर्ने विश्वास छ । टोकियोले सन् २०२१ मा गरेको एक सर्वेक्षणका क्रममा मानिसहरूका  लागि प्रेमी प्रेमिका खोज्ने कार्यमा डेटिङ एप सामान्य तरिका भइसकेको र सहभागी मध्ये १४.५ प्रतिशतले त्यसलाई रोज्ने गरेको देखिएको थियो ।

Order Cake Order Cake Order Cake

यद्यपि यस किसिमका सेवाहरूमा दुर्व्यवहारको समस्या रहेको पाइएको थियो । त्यस्ता समस्यालाई लिएर त्यहाँको स्थानीय सरकारले सामाजिक सञ्जाल मार्फत जनचेतना अभिवृद्धि गर्नेछ ।

विद्यमान डेटिङ एप प्रदायकले यो योजनालाई लिएर सकारात्मक प्रतिक्रिया दिएको टोकियोले जनाएको छ । उनीहरूले त्यसबाट यो उद्योगलाई एउटा राम्रो मौका मिल्ने अपेक्षा गरेका छन् ।

प्रयोगकर्ताहरूले यस किसिमका प्लेटफर्ममा एकभन्दा बढी पटक रजिस्टर गर्ने गरेका छन् । जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धान राष्ट्रिय संस्थानका अनुसार टोकियोमा सन् २०२० मा ५० वर्षको उमेरसम्म पनि कहिल्यै विवाह नगरेका मानिसहरूको सङ्ख्या अन्यत्रको तुलनामा सबैभन्दा धेरै थियो ।

जसमा ३२.१५ प्रतिशत पुरुष र २३.७९ प्रतिशत महिला अविवाहित रहेका थिए । अविवाहितहरूलाई सम्भावित प्रेमी प्रेमिका फेला पार्न नयाँ किसिमको उपाय दिन सकेको खण्डमा यसले विवाहको घट्दो दरलाई कम गर्न सकिने विश्वास छ ।

यस किसिमको समस्या टोकियो बाहिर समेत रहेको छ, जसका कारण थुप्रै क्षेत्रले घट्दो जन्मदरको सामना गरिरहेका छन् । आधिकारिक जनसङ्ख्याको तथ्याङ्कले सन् २०२२ मा जापानभर पाँच लाख चार हजार ९३० ओटा विवाह भएको देखाउँछ, यो सन् १९७२ को तुलनामा आधा हो ।

न्यून जन्मदरलाई उकास्ने सवालमा विवाहको दर बढाउनुपर्ने चुनौतीलाई मुख्य उपायको रूपमा हेरिएको छ । जापानका अन्य स्थानीय सरकार समेत निजी क्षेत्रसँग सहकार्य गर्न तम्सिएका छन् ।

मियाजाकीले गत सेप्टेम्बरमा युरेकासँग साझेदारी गर्‍यो- जुन लोकप्रिय पेयर्स डेटिङ साइटको सञ्चालक कम्पनी हो । जसअन्तर्गत उक्त सहरले पेयर्स कसरी प्रयोग गर्ने भन्ने विषयमा कार्यशाला आयोजनाका साथै यसको सशुल्क सेवाको कुपन वितरण गर्नेछ ।

अर्को सहर क्योटोले मेटाभर्सतर्फ नजर लगाइरहेको छ, जुन अविवाहितहरूका लागि प्रत्यक्ष भेटघाट नगरिकनै प्रेमी प्रेमिका खोज्ने उपायको रूपमा लोकप्रिय हुँदै गएको छ । क्योटोले गएको नोभेम्बरमा आफ्नो पहिलो भर्चुअल रियालिटी म्याचमेकिङ कार्यक्रम आयोजना गरेको थियो  ।

जुन बाहिरबाट त्यहाँ आउने मानिसहरूलाई लक्षित गरी टोकियोमा रहेको स्टार्टअप फ्लेमर्सको मेमोरिया भीआर डेटिङ सेवा मार्फत गरिएको थियो । त्यसमा २५ जना पुरुष र १० जना महिलाले सहभागिताका लागि आवेदन दिएका थिए, जसमध्ये आधा जसो क्योटोभन्दा बाहिरका थिए ।

पाँच जना पुरुष र पाँच जना महिलालाई भने चिठ्ठा मार्फत यो कार्यक्रममा सहभागी गराइएको थियो । जसबाट चार ओटा नयाँ जोडी बनेको जनाइएको छ ।

यसबाट प्राप्त अनुभवबाट सहभागीहरू खुसी भएको र उनीहरूले पहिले नै तयार बनिसकेको धारणा बिना नै मानिसहरूको बारेमा थाहा पाउन र भर्चुअल अवतारमै भए पनि आफ्नो पार्टनरले कतिसम्म ख्याल राख्छ भन्ने कुरा बताउन सकेको उल्लेख गरेका थिए ।

ती जोडीहरू मेमोरियाका थप भर्चुअल डेटमा जानेछन् । सकारात्मक प्रतिक्रिया आएपछि क्योटोले दोस्रो कार्यक्रम आयोजना गर्ने विचार गरिरहेको कुरा एसिया निक्कीले लेखेको छ ।

Comments
Share
38
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki