Wednesday, May 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कैलालीमा ११ किलोमिटर लामाे नहर सफा गर्न जुटे एक हजार किसान

रासस

Tuesday, November 28, 2023
कैलालीमा ११ किलोमिटर लामाे नहर सफा गर्न जुटे एक हजार किसान
3.5k
VIEWS
Website Development Website Development Website Development

कैलाली – कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।

उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने याे नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा गर्न थालेका भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताउनुभयो । ‘११ किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ’, अध्यक्ष गिरीले भन्नुभयो, ‘हजारौँ किसान सहभागी छौँ । यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ ।’

उहाँले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । ‘विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन’, गिरीले भन्नुभयो, ‘ किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफैँ जुटेका हौँ ।’

Order Cake Order Cake Order Cake

१२ गाउँका किसानले भागअनुसार कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।

‘महिला–पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ’, स्थानीय फूलबसिया चौधरीले भन्नुभयो, ‘कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।’

कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । ‘किसानका बारेमा सुन्ने कोही भएनन्’, स्थानीय खैरे विश्वकर्माले भन्नुभयो, ‘११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् । खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन ।’

बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताउनुभयो  । ‘कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ’, उहाँले भन्नुभयो  ‘कुलो सफा गरेपछि नागरिक पनि खुसी छन् । हामी अगुवा पनि खुसी भएका छौँ ।’

Comments
Share
71
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki