काठमाडौँ – सुनामीका कारण १२ सदस्यीय चालक दल रहेकाे कार्गो जहाज टर्किएको ‘ब्ल्याक सी’मा डुबेको छ।
रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्का मेटलर जहाज इस्तानबुलबाट करिब २०० किलोमिटर ९१२४ माईल० पूर्वमा रहेको एरेग्ली सहरको बन्दरगाह बाहिर ब्रेकवाटरमा ठोक्किएपछि डुबेको थियो।
यो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो।खराब मौसमका कारण खोजी तथा उद्धार कार्य केही घण्टा ढिलो भएको थियो । डुबेका व्यक्तिको खोजीकार्यमा समस्या आएको बताइएको छ। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताए।
उनले मौसम प्रतिकुल रहेको सुधार आएसँगै खोजी कार्य अघि बढाउने जानकारी दिए।






