Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कफी दिवसका अवसरमा तीन प्रकारका कफीको समर्थन मूल्य कार्यान्वयनमा

Saturday, November 18, 2023
कफी दिवसका अवसरमा तीन प्रकारका कफीको समर्थन मूल्य कार्यान्वयनमा
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- कफी दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि तीन प्रकारका कफीको समर्थन मूल्य तोकेर कार्यान्वयनमा ल्याएको छ । ताजा कफी प्रतिकिलो ५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बढेको छ ।

अब वृद्धि भएको मूल्यमा किसानबाट उद्योगी व्यवसायीहरू तथा आम सर्वसाधारणले कफी किन्नुपर्ने छ। सरकारले हरेक वर्ष कफी दिवसमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।

चालु आर्थिक वर्षमा ‘ए’ ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। गत आवमा प्रतिकिलो ९५ रुपैयाँ थियो।

Order Cake Order Cake Order Cake

यससँगैं ‘बी’ ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ८५ रुपैयाँ राखिएको छ। गत आवमा प्रतिकिलो ८० रुपैयाँ पर्थ्यो। यस्तै, पार्चमेन्ट कफीतर्फ ‘ए’ ग्रेडको कफी प्रतिकिलो ५ सय रुपैयाँ तोकिएको छ। यो गत वर्षको भन्दा २५ रुपैयाँ बढी हो। गत आवमा प्रतिकिलो ४७५ रुपैयाँ थियो।

बी ग्रेडको पार्चमेन्ट कफीको मूल्य प्रतिकिलो  ४ सय ५० रुपैयाँ तोकिएको छ। यो गत वर्षभन्दा ३० रुपैयाँ बढी हो। गत आव प्रतिकिलो ४ सय २० थियो।

ड्राई चेरी कफीअन्तर्गत ‘ए’ ग्रेडको प्रतिकिलो २ सय रुपैयाँ तोकिएको छ। यो गत वर्षको भन्दा ३० रुपैयाँ बढी हो। गत आवमा प्रतिकिलो १ सय ७० रुपैयाँ थियो। यससँगै सोही अन्तर्गतको ‘बी’ ग्रेडको कफी प्रतिकिलो १ सय ५० रुपैयाँ पुगेको छ। यो गत आवको भन्दा ३५ रुपैयाँले बढि हो। गत आवमा प्रतिकिलो १ सय १५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।

दिवसका अवसरमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्री एवम् बोर्ड अध्यक्ष डा. बेदुराम भुसाल नेपालको मध्य पहाडी क्षेत्रका धेरै जिल्लामा गुणस्तरीय कफी उत्पादनको सम्भावना भएको बताए। उक्त क्षेत्रमा सरोकारवालासँग मिलेर बृहत् योजना र स्पष्ट मार्गचित्र निर्माण गर्न आवश्यक रहेको उनले औंल्याए।

यससँगै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालमा कफीको सुरुवात भएको छोटो समयमा नेपाली कफीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए।  उनले भने, ‘कफी उत्पादनका लागि नेपाली भूमि प्रचुर सम्भावनाका रूपमा मानिन्छ। यसको क्षेत्र विस्तार  र उत्पादन बढाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मागअनुसार निर्यात गरी व्यापार घाटालाई कम गर्न सकिन्छ।’

नेपालमा कफी खेती विस्तार हुँदै गएको भए तापनि आत्मनिर्भर भने हुन अझै समय लाग्ने देखिन्छ। बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख मूल्य बराबरको ७७.८९ मेट्रिक टन कफी निर्यात भएको थियो। तर सोही अवधिमा कफी आयात भने ३२ करोड ५८ लाख मूल्य बराबरको ४५० मेट्रिक टन  भएको थियो।

आव २०७८/७९ मा ११ करोड ७० लाख मूल्य बराबरको ६९.५ मेट्रिक टन कफी निर्यात हुँदा १२ करोड ७६ लाख मूल्य बराबरको २७९.८ मेट्रिक टन आयात भएको बोर्डले जनाएको छ।

नेपालमा १९९५ सालमा बर्माबाट कफी ल्याएर गुल्मीको आँपचौरमा खेती सुरु गरिएको थियो। अहिले गुल्मीसँगै अर्घाखाँची, पाल्पा, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङलगायत ४० जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।

Comments
Share
23
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki