Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरूले खागका लागि खाल्डो खनेर दुईवटा गैंडा मारे

कान्तिपुर दैनिक

Friday, November 17, 2023
चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरूले खागका लागि खाल्डो खनेर दुईवटा गैंडा मारे
2.1k
VIEWS
Website Development Website Development Website Development

चितवन – तस्करहरूले चितवन निकुञ्जभित्र खाल्डो खनेर दुईवटा गैंडा मारेका छन् । दुवै गैंडाको खाग छैन । गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करहरूले गैंडा मार्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा बिहीबार मध्यान्ह खाल्डोमा खागविहीन दुईवटा मृत गैंडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

खैरहनीनजिक खगेन्द्रपल्ली पोस्टबाट तल लगभग साढे तीन किलोमिटर पर दक्षिण पूर्वमा पर्ने चपरचुली इलाकामा घटना भएको तिवारीले बताए । सेना र निकुञ्ज प्रशासनको संयुक्त नियमित गस्ती टोलीले खाल्डोमा परेका गैंडा देखेका थिए । दुवै पोथी गैंडा हुन् । एउटा अन्दाजी १८ वर्ष र अर्को अन्दाजी ६ वर्ष जतिको रहेको तिवारीको भनाइ छ । ठूलो गैंडा झन्डै १० दिन पहिला र सानो गैंडा तीन दिनअघि खाल्डोमा परेको हुन सक्ने उनले बताए ।

Order Cake Order Cake Order Cake

‘सानो गैंडाको खाग काटेको आलो घाउ नै छ । ठूलो गैंडाको खाग छैन तर काटेको घाउ पनि देखिन्न । जुधेर पहिल्यै खसेको हो वा तस्करले तानेर लगे खुल्दैन,’ सूचना अधिकारी तिवारीले भने । निकुञ्जको सोही क्षेत्रमा नै गएको भदौ १४ गते गैंडाको हाडखोर फेला परेको थियो । त्यो बेलामा पनि खाग भेटिएको थिएन । त्यसैले त्यो गैंडा पनि चोरीसिकारीले नै मारेको हुन सक्ने निकुञ्जका अधिकारीहरूको अनुमान थियो ।

गत वर्ष माघमा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी मध्यविन्दु नगरपालिका–२ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेका थिए । यो आर्थिक वर्षमा अहिलेसम्म चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा आठ वटा गैंडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । पछिल्ला केही वर्ष सुस्त रहेको चोरी सिकार फेरि सक्रिय भएको घटनाक्रमले देखाएको छ ।

Comments
Share
24
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

आजको सुन चाँदी दर

© Gold Rates Nepal

आजको विनिमय दर

© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki