Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तीन दाजुभाइले उत्पादन गरेकाे १३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात

रासस

Friday, November 10, 2023
तीन दाजुभाइले उत्पादन गरेकाे १३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात
3k
VIEWS
Website Development Website Development Website Development

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय वटा माला र दुई क्विन्टल खुद्रा फूल बिहीवार हङकङ पठाइएको हो ।

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भन्नुभयो, ‘चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात भएको पहिलो पटक हो ।’ उहाँका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ ।

उहाँले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताउनुभयो । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बिस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’

Order Cake Order Cake Order Cake

विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा अहिले विदेशमा पठाएको किसान अमित बास्तोलाले बताउनुभयो । ‘हामीले गएको वर्षदेखि १२ महिना नै फूलखेती गरेका छौँ । माघमा उत्पादन हुने गरी १० कट्ठामा लगाएका छौँ’, उहाँले भन्नुभयो, ‘चितवनमा फूलखेतीको सम्भावना राम्रो छ ।’

तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गर्नुभएको छ । फूलखेतीबाट यस वर्ष १२ हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उहाँहरूको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताउनुभयो । बजार भयो भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उहाँले भन्नुभयो, ‘फूलखेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उहाँहरूले फूलखेती शुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूलखेती शुरु गर्नुभएका तीन दाजुभाइले जग्गा भाडामा लिनुभएको छ ।

भारतको कोलकातादेखि एक लाख रुपैयाँ बराबरको बिउ ल्याएर तीन बिघामा खेती शुरु गर्नुभएका उहाँहरूले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गर्नुभएको हो । कात्तिक २४ गते राति काठमाण्डौबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिनुभयो । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उहाँले बताउनुभयो ।

‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । त्यस क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उहाँले भन्नुभयो, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’

फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उहाँको भनाइ छ । यहाँबाट ‘आइसबक्स’ मा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उहाँले बताउनुभयो ।

चितवनमा यस वर्ष तिहारको समयमा फूलखेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदानसमेत दिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । ‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौँ ।’

नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको मेयर रेग्मीले बताउनुभयो । ‘गएको आर्थिक वर्षदेखि फूलखेती प्रवर्द्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, उहाँले भन्नुभयो । आउँदो वर्षदेखि अन्य बालीलाई जस्तै फूलखेतीलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने झन्डै एक सय जनाको हाराहारीमा किसान छन् ।

Comments
Share
64
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki