Thursday, May 28, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आक्रामक इजरायल, हवाई हमलासँगै स्थलगत युद्ध

Tuesday, October 31, 2023
आक्रामक इजरायल, हवाई हमलासँगै स्थलगत युद्ध
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- इजरायल र हमासबीच युद्ध सुरु भएको २४औं दिनमा इजरायली सेनाका ट्यांक र बुल्डोजर गाजा क्षेत्रको मध्यभाग पुगेका छन् । इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै उसको सेना गाजाको सालाह–अल–दिन सडकमा पुगेको हो ।

तीन सातादेखि आफ्नो दक्षिणी क्षेत्रबाट गाजा क्षेत्रमाथि भीषण हवाई आक्रमण गरिरहेको इजरायलले अब स्थलमार्गबाट ‘अपरेसन’ अघि बढाउने घोषणा गरेको थियो । गाजा सहर र उत्तरी गाजालाई जोड्ने सालाह–अल–दिन सडक अब इजरायली सेनाले अवरोध गरेको छ ।

७ अक्टोबरमा हमासले गरेको आक्रमणमा करिब एक हजार चार सयको ज्यान गएको थियो, जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । त्यसयता इजरायलले गरेको हमलामा ८ हजार तीन सय ६ जना प्यालेस्टिनीको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा करिब तीन हजार बालबालिका छन् । युद्धविरामका लागि राष्ट्रसंघले विशेष प्रस्ताव पारित गरे पनि इजरायल भने अघि बढिरहेको छ ।

इजरायली रक्षामन्त्री योभ ग्यालान्टका अनुसार दोस्रो चरणको युद्ध एक महिनासम्म चल्न सक्ने अनुमान छ । ‘यसको उद्देश्य हमास आतंककारीहरूका भौतिक संरचनाहरू नष्ट गर्ने र बन्धकलाई मुक्त गर्नु हो,’ रक्षामन्त्री ग्यालान्टले पत्रकार सम्मेलनमा भने । इजरायलले जारी गरेको पछिल्लो विवरणअनुसार हमासको कब्जामा २३९ जना छन् । यो सूचीमा बेपत्ता भएका नेपालका विपिन जोशी छन् कि छैनन् भन्ने स्पष्ट छैन । इजरायली प्रधानमन्त्री कार्यालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा कान्तिपुरले राखेको जिज्ञासामा प्रवक्ता इलोन लेवीले भने, ‘विवरणहरू प्राप्त हुनासाथ क्रमशः सार्वजनिक गर्दै रहेका छौं, हामीसँग अहिले थप विवरण छैन ।’

इजरायलले स्थलगत कारबाही बढाएपछि प्यालेस्टाइनी क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ । इजरायली सेनाले स्थलगत कारबाहीमा हमासका लडाकुहरू मारिएको दाबी छ । ‘इजरायली सेना गाजा क्षेत्रभित्र गन्तव्यतर्फ अगाडि बढिरहेको छ । सेनालाई रोक्न खोज्दा दर्जनौं आतंककारीहरू मारिए,’ इजरायली सेना (आईडीएएफ) का प्रवक्ता डेनियल हगरीले आफ्नो ट्विटमा सोमबार लेखेका छन्, ‘हामी गाजा क्षेत्रमा विस्तारित भूमिगत अपरेसन गर्दै छौं । सैनिकहरू आतंककारीहरूतर्फ अघि बढिरहेका छन् । हामी उनीहरूलाई हवाई हस्तक्षेप पनि गर्दै छौं ।’

इजरायलले आक्रामक कारबाही अघि बढाउँदा गाजा क्षेत्रमा मानवीय क्षतिको चिन्ता थपिएको छ । संयुक्त राष्ट्रसंघ र प्यालेस्टिनी स्वास्थ्य अधिकारीकर्मीहरूले उत्तरी क्षेत्रमा रहेका अस्पतालनजिक आक्रमणहरू भइरहेकोप्रति चिन्ता जनाएका छन् ।

राष्ट्रसंघले सोमबार गाजा सहरको सिफा र अल–कुड्स अस्पताल तथा उत्तरी गाजाको इन्डोनेसियाली अस्पताल नजिकै हमला भएको जनाएको छ । ‘उत्तरी गाजाका थप १० अस्पताल पनि खाली गर्न इजरायलले

निर्देशन दिएको छ, जहाँ हजारौं बिरामी र कर्मचारी छैनन्, करिब एक लाख १७ गाजावासीले आश्रय लिइरहेका छन्,’ राष्ट्रसंघले भनेको छ ।

रेड क्रिसेन्ट उद्धार सेवाका अनुसार १४ हजार नागरिकले आश्रय लिइएको अल–कुड्स अस्पतालको ५० मिटरभित्रै इजरायलबाट आक्रमण भएको छ । इजरायलले एक साताअघि अल–कुड्स अस्पताल खाली गर्न आदेश दिएको थियो । अस्पतालहरूमा आश्रय लिएर हमासले रणनीति बनाइरहेको उसको दाबी छ ।

हमासले पनि निरन्तर रकेट प्रहार गरिरहेको छ । सोमबार पनि इजरायली सहर तेलअभिभ, हर्जलिया, रानाना, होलोन र होड हसारोनलगायत स्थानमा रकेट प्रहार गरिएको छ । ती रकेटलाई इजरायलको आइरन डोमले आकाशमा नै निस्तेज गरिदिएको थियो । त्यस्तै लेबनानी हिजबुल्लाह समूहले उत्तरी क्षेत्रमा रकेट प्रहार गरिरहेको छ । इजरायलले उत्तरी क्षेत्रबाट दुई लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिसकेको छ । तर, गाजाका २३ लाख सर्वसाधारणको ज्यान भने जोखिममा छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
42
Shares

Related Posts

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो
अन्तर्राष्ट्रिय

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा फसेका सुनीता र बुच ९ महिनापछि पृथ्वीमा फर्किए

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी, २० जनाको ज्यान गयो

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
अन्तर्राष्ट्रिय

युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki