काठमाडौँ – नेपालको पश्चिम भूभागबाट मनसुन बाहिरिएको छ। मनुसन बाहिरिएसँगै कर्णाली र सुदूरपश्चिम भूभागमा मौसम सफा हुन थालेको छ।
पूर्वबाट बाहिरन भने अझै दुई–चार दिन जति लाग्ने अवस्था देखिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। पूर्वका केही क्षेत्र र काठमाडौंमा हल्का बदलीदेखि र वर्षाको सम्भावना अझै केही दिन कायमै रहने र मनुसन बाहिरिनेक्रम बिस्तारै पूर्वतर्फ सर्दै जाने भएकाेले ठूलो वर्षाको भने सम्भावना नरहेको उनको भनाइ छ।
पूर्वी भूभागबाट भित्रिने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ मा मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिने पनि योपटक ढिलोगरी आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।





