काठमाडौँ – नेपाल डेरी एसोसिएसनले ” यहि असाेज ९ गते मंगलबार ९ औं विश्व विद्यालय दुध दिवस”काे अवसरमा विद्यालय तहमा खुल्ला कविता प्रतियोगिता गरी मनाउन लागेकाे छ ।
सो कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसियसनले आयोजनामा गर्न लागेको हो। प्रतियोगिता विद्यालय तहका कक्षा ३ देखि १० सम्मका विद्यार्थी बिच खुल्ला कविता प्रतियोगिता वाचन गरी सञ्चालन हुने जानकारी नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले गराए।
यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन ठुलो सहयोग पुग्ने कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।
यो कार्यक्रमले बालबालिकालाई दुध तथा दुग्ध पदार्थको बारे जानकारी हुनेछ । विद्यालय तहका विद्यार्थीहरुका लागि दुध तथा दुग्ध पदार्थको महत्त्वबारे जानकारी गराउने, दुधको महत्त्व बुझाउँदै बालकदेखि बृद्धअवश्थामा रहनु भएका सबैलाई दुध तथा उपभोग बढाउने उद्देश्यका साथ यो कविता प्रतियोगिता आयोजना गरिएको हुँदा विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी हुन नेपाल डेरी एसोसिएसनले अनुरोध गरेको छ । एसोसिएसनले आफ्ना मातहतका सवै स्थानीय तह, जिल्ला र प्रदेश समितिलाई विभिन्न कार्यक्रम गरी विश्व विद्यालय दुध दिवस मनाउन निर्देशन गरिसकिएको जानकारी एसोसिएसनका केनन्द्रीय सदस्य एवं यो कार्यक्रमका संयोजक शिव घिमिरेले जानकारी गराए ।
एसोसिएसनका अध्यक्ष दाहालका अनुसार विश्व विद्यालय दुध दिवसू, प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्व भर मनाइन्छ । यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने रहेको छ र सबै बालबालिकाहरूलाई दुधको महत्त्व बुझाई दुध तथा दुग्ध पदार्थबाट कोही पनि बञ्चित नहोस् भनी यो विश्व विद्यालय दुध दिवस मनाउन सुरु गरिएको पाइन्छ । यो वर्ष सेप्टेम्बर महिनाको २७ तारिकमा यो दिवस परेको छ । विश्व विद्यालय दुग्ध दिवस पहिलो पटक विश्व स्वास्थ संगठनले सेप्टेम्बर महिना सन् २००० बाट मनाउन सुरु गरेको इतिहास पाइन्छ । त्यस समयदेखि याफएओ ( FAO)द्वारा यो दिवस प्रवर्द्धन गरिँदै आएको छ । अहिले वार्षिक कार्यक्रमका रूपमा विश्वव्यापी मान्यता प्राप्त भएको छ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेका अनुसार नेपालमा २०७२ सालदेखि नेपाल डेरी एसोसिएसनले पहिलो विश्व स्कुल दुध दिवस काभ्रेको पाँचखालमा रहेको श्री गणेश माध्यामिक बिद्यालयबाट सुरु गरी अहिलेसम्म हरेक वर्ष मनाउँदै आइरहेको छ ।







