काठमाडौँ – आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
पछिल्लो एक देखि तीन घण्टामा काठमाडौंस्थित धाप ड्याम वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।





