काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्। ट्रयाल कोर्टले खानलाई तीन वर्षको जेल सजाय सुनाएको र राज्यका उपहारहरु बेचेकोले राजनीतिबाट अयोग्य ठहराएपछि पक्राउ गरिएको छ।
न्यायाधीशले भने – खानले अदालतमा जानीजानी नक्कली विवरण पेश गरेको र भ्रष्टाचारमा संलग्न भएको बताए। खानका वकिलहरू अदालतमा नआएकोमा पनि न्यायाधीशकाे असन्तुष्टि रहेकाे छ । उनलाई तीन वर्षको जेल सजाय सुनाए र संविधानअनुसार पाँच वर्षसम्म राजनीतिबाट स्वत: प्रतिबन्ध लगाइएकाे छ ।
लाहोरस्थित निवासबाटै खानलाई पक्राउ गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। तेहरिक-ए-इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ।
खानलाई आफ्नो रक्षा गर्नेकोलागि उनका वकिललाई अदालतमा हाजिरहुने मौका नदिएकोमा उनको गुनासो रहेको छ । हामीले उहाँको पक्षमा साक्षी दिन चाहन्थ्यौं तर उहाँलाई यो मौका दिइएन। खानलाई निष्पक्ष सुनुवाइ भएन खानका प्रवक्ताले भने ।
फैसला सुनाए लगत्तै प्रहरीले खानको घर घेरा हालेर हिरासतमा लिएको थियो । राज्यका सूचना मन्त्रीका अनुसार उनलाई लाहोरबाट इस्लामावाद लगिएको छ ।
पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको बताए। यस फैसलालाले न्यायाकै हत्या भएको उनको प्रवक्ताको भनाइ छ।






