देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा गएराति देखि नै वर्षा भइरहेको छ । तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।





