काठमाडौँ – प्रहरीको गोली लागेर किशोरको मृत्यु भएपछि फ्रान्समा देशभर हिंसा भड्किएको छ । ट्राफिक स्टपको क्रममा प्रहरीले गोली हानेर एक १७ वर्षीय किशोरको मृत्यु भएपछि फ्रान्समा हिंसात्मक प्रदर्शनहरू भएका छन् ।
पेरिसको उपनगरीय सहर नान्तेरेमा ट्राफिक जाँच स्थलमा किशोरको मृत्यु भएपछि गोली हानेको अधिकारीलाई हिरासतमा राखिएको छ।
पेरिसको बाहिरी हिस्सामा कर्फ्यू लगाइएको छ भने बस सेवा बन्द गरिएको छ । फ्रान्स प्रहरीले ट्राफिक जाँचका लागि नरोकेको आरोपमा गोली प्रहार गर्दा १७ वर्षीय किशोर नहेल एमको मृत्यु भएको थियो । प्रहरीले उनीमाथि नजिकैबाट गोली प्रहार गरेको आरोप छ ।






