Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तनहुँमा ‘लम्पी स्किन’ विरुद्ध पशुलाई खोप लगाउन थालियो

रासस

Monday, June 12, 2023
तनहुँमा ‘लम्पी स्किन’ विरुद्ध पशुलाई खोप लगाउन थालियो

फाइल फाेटाे

3.1k
VIEWS
Website Development Website Development Website Development

तनहुँ – तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो ।

गाउँपालिकाले सात वटै वडामा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।

उहाँले भन्नुभयो, ‘व्यावसायिकरुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने किसानको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।’ प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, ‘पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।’

Order Cake Order Cake Order Cake

उहाँका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रूपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालन गरिएको छ । उहाँले भन्नुभयो, ‘यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।’

गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उहाँले बताउनुभयो । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरूसँग नरहेको डा. शाहको भनाइ छ । उहाँका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएका पशुको उपचार पनि भइरहेको छ ।

खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ ।

त्यस्तै पशु सेवा शाखाबाट डा. शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । गाउँपालिकाका सबै वडामा यो रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो । गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताउनुभयो ।

खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० वटाभन्दा बढी पशुमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए पनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उहाँको भनाइ छ ।

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. शाहले बताउनुभयो । उहाँका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।

Comments
Share
63
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki