Saturday, May 30, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

उच्च तापक्रमको रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका भूभागमा पनि जारी

Saturday, June 10, 2023
उच्च तापक्रमको रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका  भूभागमा पनि जारी
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो।

यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले बताउनुभयो।

तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहन्छ।

Order Cake Order Cake Order Cake

त्यही अनुसार लगातार तीन दिनसम्म ४३.८ डिग्री सेल्सियस कायम रहँदै दुम्कौलीमा बुधबार अर्थात् जुन ७ तारिखमा यसअघिको तापक्रमको रेकर्ड ब्रेक भएको हो। शुक्रबार त्यहाँ ४४ डिग्री सेल्सियस पुगेको छ। त्यस क्षेत्रमा यसअघि सन् १९७९ जुन ५ तारिखमा अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस कायम भएको थियो। बिहीबार मोरङको कानेपोखरीमा पनि ४४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै चिसो हावापानी भएको मानिने ओखलढुङ्गामा तापक्रम बढ्दै बुधबार रेकर्ड ब्रेक हुँदै अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि त्यस क्षेत्रमा सन् १९९९ अप्रिल २८ तारिखमा अधिकतम तापक्रम ३०.९ डिग्री रेकर्ड भएको थियो।

त्यस्तै इलामको कन्याम चिया बगानमा पनि गत सोमबार हालसम्मकै अत्यधिक तातो ३० डिग्री रेकर्ड भएको छ। त्यहाँ यसअघि सन् १९७३ जुलाई १० तारिखमा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।

धरान बजारमा पनि यसअघि सन् २०१३ अप्रिल १२ तारिखमा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा गत बुधबार ३९.३ डिग्री सेल्सियस पुग्यो। नेपालगन्ज, धनगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, कपिलवस्तुलगायतका स्थानमा उच्च तापक्रमको दर बढ्ने क्रममा रहेकाले पुरानो रेकर्ड ब्रेक हुने उच्च सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो। नेपालमा अहिलेसम्म सन् १९९९ को जुन ५ मा धनगढीमा रेकर्ड भएको ४६.४ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम हो।

Comments
Share
19
Shares

Related Posts

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

मौसम

देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

मौसममा क्रमिक सुधार, कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा मौसम सफा, पश्चिम नेपालबाट मनुसन बाहिरिनेक्रम बिस्तारै पूर्वतर्फ सर्दै
मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह
मौसम

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

देशका केही भू–भागमा बिहानैबाट वर्षा, तराईमा हावाहुरीको समेत सम्भावना
मौसम

आज पनि दिउँसोपछि केही ठाउँमा पानी पर्ने सम्भावना

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki