काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ
शुक्रबार राति पहाडी भूभागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ।





