Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सरकारले बजेटमार्फत तरकारी तथा फलफूलको आयातमा भ्याटलगाएको भन्दै आयात रोकेर विरोध

गाेरखापत्र दैनिक

Wednesday, June 7, 2023
सरकारले बजेटमार्फत तरकारी तथा फलफूलको आयातमा भ्याटलगाएको भन्दै आयात रोकेर विरोध
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गर्नुभएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीहरूले आलु, प्याजलगायतका तरकारी बजारमा भिœयाएका छैनन् ।  वर्तमान सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरिएको विषयमा बजेट वक्तव्यमा उल्लेख छ । यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिँदै आएको थियो ।

Order Cake Order Cake Order Cake

सरकारको घोषणा अनुसार अब प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुङ्गो, न्युजिल्यान्ड पालुङ्गोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायतका फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाका अनुसार सरकारले उक्त वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरेको छ । सरकारले ५० लाख रुपियाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धि कर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेलाई सो कर तिर्नु नपर्ने सो महाशाखाले जनाएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपियाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपियाँ मूल्य अभिवृद्धि करको सीमा तोकिएको सो शाखाले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा बर्सेनि तीन खर्ब बढी रुपियाँको कृषि उपज वस्तु र २८ अर्ब रुपियाँ बराबरको तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले तरकारीमा १३ प्रतिशत भ्याट लगाइएको असर प्याजबाहेकका अन्य तरकारीमा नदेखिएको जानकारी दिनुभयो । कालीमाटी बजारमा देशबाहिरबाट आउने तरकारी बजेट वक्तव्यपछि आउन छोडेको तर अन्य तरकारी स्थानीय नै भएकाले तत्काल असर नदेखिएको र प्याजमा भने सिधै असर परेको उहाँको भनाइ छ । कालीमाटीका व्यवसायी प्यानमा दर्ता भएको र भ्याटमा दर्ता नभएकाले तत्काल खरिद प्रव्रिmयामा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

समितिको तथ्याङ्क हेर्दा पनि प्याज आयातमै भर पर्नुपर्ने अवस्था छ । कालीमाटी बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।

कालीमाटीमा आलुको परनिर्भरता पनि बढेको छ । सो बजारमा भित्रिएको आलु आयात अवस्था हेर्दा ५० प्रतिशतको हाराहारी भारतले धानेको देखिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा छ अर्ब बराबरको एक लाख ५४ हजार ४५८ टन प्याज भारतबाट भित्रिएको छ । आलु पनि करिब सोही परिणामको भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

कुल जनसङ्ख्याको करिब ६६ प्रतिशतले कृषि पेसा अँगालेका छन् । प्रत्येक नेपालीको भान्छामा तरकारी स्वादिलो बनाउने प्याज भने करिब ९५ प्रतिशत आयात गरिन्छ । आलु भने मागको ५० प्रतिशत भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । प्याजको उत्पादन भने कुल मागको करिब पाँच प्रतिशत मात्रै हुन्छ । माग अनुसार उत्पादन स्वदेशमा नहुँदा यो परिमाणमा बर्सेनि आलु र प्याज चीन, भारत, बङ्गलादेश, इन्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट आयात हुँदै आएको छ ।

 

Comments
Share
36
Shares

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki